Thursday, September 23, 2021

भदौ ११ गते आउँदै बुद्वभूमी हाइड्रोपावरको आइपियो । कस्तो कम्पनी हो ? कति दिने आवेदन ?

September 23, 2021


नेपाली सेयर बजारमा अहिले विभिन्न कम्पनिहरुले धमाधम आइपियो जारी गरि रहेका छ । आइपियो जारी गर्नेमा हाइड्रोपावर कम्पनीहरु पनि अग्र पंक्तिमा आउछन । असोज छ गरे साहस उर्जाले आइपियो जारी गर्दै छ भने असोज ११ गते बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपियो जारी गर्दा छ । सर्वसाधारणका लागि आइपियो जारी गर्न लागेको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड कस्तो कम्पनी हो र आइपियोमा कति कित्ता आवेदन दिने ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । भने बाकी रहेकी कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ प्रतिशतले हुन आउने १६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाकी रहेको बाँकी ७ लाख ४४ हजार कित्ता सेयरका लागि । सर्वसाधाले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपियोमा सर्वसाधारणले असोज ११ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ता सम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।

कम्पनीको आइपियो निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


भारतले लगाएका ४ नाकाबन्दीको नालीबेली

September 23, 2021

भारतले लगाएका ४ नाकाबन्दीको नालीबेली

नेपालको संविधानमाथि असन्तुष्टी जनाउँदै भारतले नेपालमा नाकाबन्दी लगाएको आज ठीक ६ वर्ष पुगेको छ । २०७२ सालको असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेको थियो भने असोज ६ गतेबाट भारतले अघोषित नाकाबन्दी लगाएको थियो ।

धेरै नेपालीहरूको मनमस्तिष्कमा त्यो नाकाबन्दीकालका कष्टप्रद दिनहरू ताजै छन् । भारतले नेपालमाथि नाकाबन्दी लगाएको यो पाचौंपटक थियो । त्यसअघि विभिन्न बहानामा ४ पटक लगाएको नाकाबन्दीबारे कमै नेपालीहरूलाई थाहा छ ।

स्वतन्त्र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि उनकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धीसम्मले नेपालमा नाकाबन्दी लगाएका छन् । नेपालतर्फ नाकाबन्दी भोग्ने पनि वंशज शाशकहरू नै परे । नेहरू र इन्दिरा गान्धीको नाकाबन्दी महेन्द्रले सामना गरे भने राजीव गान्धीको नाकाबन्दी वीरेन्द्रले ।

गान्धी परिवार नेतृत्वको सरकारले नलगाएको र नेपाली राजाहरूले सामना नगरेको एकमात्रै नाकाबन्दी २०७२ असोज ६ पछिको हो । यो नाकाबन्दीमा गणतान्त्रिक नेपालका दलहरू सत्तामा थिए । भारतमा बिजेपीको सरकार थियो ।

२०१९ सालको नाकाबन्दी कुन मितिबाट सुरू भएको भन्ने यकिन तथ्यांक भेटिन्न । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छापेको ‘अ हिस्ट्री अफ नेपाल’ पुस्तकमा जोन ह्लेप्टनले सन् १९६२ को सेप्टेम्बरबाट नाकाबन्दी सुरू भएको भनेका छन् । त्यो भनेको २०१९ को भदौ/असोज हुन आउँछ । कतिपयले भने वैशाखबाटै सुरू भएको पनि भन्ने गर्छन् ।

यस आलेखमा हामी नेपालमाथि भारतले लगाएका ४ वटा नाकाबन्दीको नालीबेली प्रस्तुत गर्दैछौं ।

१. २०१९ सालको नाकाबन्दी

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला र जनवादी गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओ बीचमा नेपाल-चीन जोड्ने राजमार्गको बारेमा कुराकानी भएको थियो । सन् १९६० मार्च १८ (२०१६ चैत ५) मा कोइरालाको चीन भ्रमणताका भएको संवाद यस्तो थियो-

माओः हामीले सुनेका छौँ कि तपाईंहरूले हाम्रो देशलाई सीधै जोड्ने राजमार्ग बनाइरहनु भएको छ ।

वीपीः होइन । हामीले दुई वर्षअगाडि एक राजमार्ग बनाउन खोजेका थियौँ । आर्थिक अभावले अगाडि बढ्न सकेन । अहिले पूर्व-पश्चिम राजमार्ग बनाउनको लागि सोभियत संघका प्राविधिकहरूले सर्भेमा सहयोग गरिरहेका छन् ।

माओः हाम्रो देश (चीन) आउन तपाईं अर्काको देश भएर आउनुपर्छ ?

वीपीः होइन । हिमालयन भन्ज्याङ हुँदै नेपाल र तिब्बत जान सकिन्छ । तर, यो औपचारिक सडक भने हैन ।

माओः एक वर्षमा, १० वर्षमा वा २० वर्षमा, ढिलो वा चाँडो हाम्रो सीधा सडक हुनुपर्छ ।

वीपीः हामी हाम्रो देशमा आर्थिकरूपमा राम्रो सम्भावना भएका क्षेत्रहरूमा सडक बनाउदै छौँ । हामी देशभर पुग्ने १३०० किलोमिटरको सडक निर्माण गर्दैछौँ ।

यसरी पहिलोपटक नेपाल-चीन सडक जोड्ने परियोजनालाई वीपीले कूटनीतिकरूपले ‘नो’ भनेका थिए । सूचना भारत नपुगोस् भनेर वीपी तर्केका हुन पनि सक्छन् ।

खैर, ‘माओ जेदुङ अन डिप्लोमेसी’ पुस्तकमा उल्लेखित यो संवादबाटै नेपाल-चीन सडक निर्माणको उच्चस्तरीय छलफल आरम्भ भएको बुझ्न सकिन्छ । वीपी चीन जाँदा सन् १९६० मा सीधा सडकको प्रस्ताव गरेको चीनले अर्को वर्ष वीपीलाई अपदस्थ गरेर आफ्नो हातमा सत्ता लिएका महेन्द्र चीन पुग्दा सम्झौता नै गर्‍यो ।

महेन्द्रको सन् १९६१ सेप्टेम्बर २६ देखि अक्टोबर १९ सम्म भएको चीन भ्रमणको समयमा अक्टोबर १ मा नेपाल र चीनबीचमा सीधा सडक बनाउने सहमति भयो । सन् १९६२ मार्चबाट चिनियाँ प्राविधिकहरूले सर्भे थाले । सन् १९६७ को मेबाट सडक सञ्चालन भयो । यो सडक नेपाल-चीन जोड्ने प्रथम सडक मात्रै थिएन, चीनको दक्षिण एसिया छिर्ने हिमाली सीमापार प्रथम सडक पनि भएको नेपाल-चीन सम्बन्ध बारेमा हालसालै बजारमा आएको पुस्तक ‘अल रोड्स लिड नर्थ’मा लेखक अमिसराज मुल्मीले लेखेका छन । मुल्मीले पुस्तकमा सन् १९६१ डिसेम्बरमा राज्यसभामा बोल्दै जवाहरलाल नेहरूले रोडबारेमा सुन्दा आफूले मन नपराएको बताएको लेखेका छन् ।

२०१९ सालको नाकाबन्दी कुन मितिबाट सुरू भएको भन्ने यकिन तथ्यांक भेटिन्न । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छापेको ‘अ हिस्ट्री अफ नेपाल’ पुस्तकमा जोन ह्लेप्टनले सन् १९६२ को सेप्टेम्बरबाट नाकाबन्दी सुरू भएको भनेका छन् । त्यो भनेको २०१९ को भदौ/असोज हुन आउँछ । कतिपयले भने वैशाखबाटै सुरू भएको पनि भन्ने गर्छन् ।

२०२७ सालमा नेपालमाथि नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री थिइन् इन्दिरा गान्धी । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन् उनी । जसरी भारतले लगाएको पहिलो नाकाबन्दीको कारण चीन थियो, दोश्रो नाकाबन्दीको कारण पनि चीन नै थियो 

नाकाबन्दीको कारण नेपालले चीनसँग बनाएको सीधा सडकलाई नै मानिएको छ । तर, कतिपयले २०१९ सालको नाकाबन्दी महेन्द्रले कांग्रेसको जननिर्वाचित सरकार अपदस्त गरेकोले भन्ने गर्छन त कसैले भने ऋषिकेश शाहलाई परराष्ट्रमन्त्रीबाट हटाइएकोले समेत भन्छन् । तर, स्वयं वीपी र शाहले त्यस बारेमा स्विकार नगरेकोले त्यो तर्क कमजोर हुन आउँछ । २०१९ मा भारतले लाएको नाकाबन्दी भारत-चीन युद्ध सुरू भएपछि सकिएको थियो । भारत र चीन सन् १९६२ अक्टोबर २० देखी नोभेम्बर २१ (२०१९ कात्र्तिक ४ देखी मंसिर ६) सम्म लडेका थिए । युद्धमा भारत नराम्रोसँग पराजित भएको थियो ।

२०१९ सालको भारतीय नाकाबन्दीताका चिनियाँ विदेशमन्त्री चेन यिले नेपालको पक्षमा बलियो आश्वासन दिएका थिए । सरदार भीमबहादुर पाण्डेको पुस्तक ‘महेन्द्र र नेपालको असंलग्न परराष्ट्रनीति’ का अनुसार नाकाबन्दी भएको एक महिना पुगेपछि उनले २०१९ असोज १३ भनेका थिए, ‘नेपालमाथि कसैले आक्रमण गर्छ भने चीन हेरेर बस्दैन ।’

यति चिनियाँ बोलीले पनि नेपाललाई धेरै भूराजनीतिक आडभरोसा प्राप्त भएको थियो । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले न नेपाललाई नाकाबन्दी बढाएर हेप्न सके, न त चीनको युद्ध नै जिते । उनलाई सन् १९६२ बिर्सनलायक वर्ष बन्यो ।

२. २०२७ सालको नाकाबन्दी

२०२७ सालमा नेपालमाथि नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री थिइन् इन्दिरा गान्धी । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन् उनी । जसरी भारतले लगाएको पहिलो नाकाबन्दीको कारण चीन थियो, दोश्रो नाकाबन्दीको कारण पनि चीन नै थियो ।

चीनसँगको सिमानामा बसेका भारतीय सुरक्षाकर्मीलाई हटाउन राजा महेन्द्रको रणनीतिमा तत्कालीन प्रधानमन्त्री किर्तिनिधी विष्टले मुभ गरेपछि इन्दिरा गान्धीले नाकाबन्दी लगाइन् । अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरपछि प्रधानमन्त्री बनेका मात्रिकाप्रसाद कोइरालाको माग बमोजिम नेपाल आएको थियो भारतीय सैन्य टोली । प्रजातन्त्र स्थापना भएपछि वि.सं २००८ सालमा भारतीय सैन्य चोकपोस्ट नेपालका १८ वटा उत्तरी नाकाका बसे । त्यी चेकपोस्ट हटाउन राजा महेन्द्रले किर्तिनिधी विष्टलाई अघि सारेका थिए ।

विष्टले २०२६ साल असार ११ गतेको अंग्रेजी अखबार ‘दि राइजिङ नेपाल’मा अन्तरर्वार्ता दिँदै उत्तरी चेकपोस्ट हटाउनुपर्ने कुरा राखे । त्यसको एक महिनापछि तत्कालीन राष्ट्रिय पञ्चायतमा २०२६ साउन १० गते एक संकल्प प्रस्ताव पारित भयो, जसमा भारतीय चेकपोष्टहरूको कार्यावधि सकिएकाले फिर्ता हुनुपर्ने पहल थाल्ने संकल्प थियो ।

त्यसको एक महिनापछि विष्टले भारतीय सैन्य पोष्ट फिर्ता पठाए । यसबाट भारत बिच्कियो । भारतले २०२६ सालमै नवीकरण हुनुपर्ने व्यापार तथा पारवाहन सन्धीलाई बाहाना बनायो । तत्कालीन उद्योग तथा वाणिज्यमन्त्री नवराज सुवेदीले २०७२ सालको भूकम्पताका ब्रेकएनलिङ्कस डटकममा भनेअनुसार भारतले सन्धिमा बखेडा झिकेको थियो । नेपाल भन्ने- पारवाहन र बाणिज्य सन्धि फरक-फरक गरौँ । भारत भन्ने- सँगै गरौँ । २०२६ अगाडि एकै सन्धि भए पनि त्यो अन्तर्राष्ट्रिय मान्यताअनुसारको नभएकोले नेपालले छुट्टै माग गरेको सुवेदीले बताएका छन् । भारतीय अधिकारीहरूले तेश्रो देशबाट नभइ भारतबाटै व्यापार गर्न भनेको उनले सुनाएका थिए । कोदारी राजमार्ग निर्माण भए पनि तिब्बतबाट चीन पुग्न सात दिने लाग्ने भएकोले त्यहाँबाट सामान ल्याउन नेपालालाई समस्या थियो ।

इन्दिरा गान्धीका छोरा राजिव गान्धीले आमाको बिँडो थाम्दै २०४५ सालमा नाकाबन्दी लगाए । १५ महिने नाकाबन्दी २०४५ चैत १० बाट सुरू भएर २०४७ असार १७ गते अन्त्य भएको थियो । यो नाकाबन्दीमा पनि चीन जोडिएको थियो ।

सुवेदीका अनुसार २०२७ सालको नाकाबन्दीबाटै सिकेर नेपालमा कपडा उद्योग खोलियो । साना र स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न थालियो । साइकल चढ्न प्रोत्साहन गरियो । सुवेदीका अनुसार तत्कालीन पञ्चायतको कार्यक्रम ‘गाउँ फर्क अभियान’ का अध्यक्ष विश्वबन्धु थापा केही समय साइकल चढेरै कार्यालय गएका थिए ।

२०२७ सालको नाकाबन्दीको एउटा कारण महेन्द्र र इन्दिरा गान्धीको व्यक्तित्व टकराबलाई पनि मानिन्छ । सुवेदीले असंलग्न राष्ट्रहरूको तेस्रो शिखर सम्मेलनको एक प्रसंग उल्लेख गरेका छन् । उक्त सम्मेलन २०२७ भदौ २३ देखि २५ (सन् १९७० सेप्टेम्बर ८ देखि १०) सम्म अफ्रिकी देश जाम्बियाको राजधानी लुसाकामा भएको थियो । नेपालबाट राजा महेन्द्र सहभागी सम्मेलनमा भारतबाट गान्धी सहभागी थिइन् ।

सम्मेलनमा राजाहरूको आसन अगाडि थियो भने प्रधानमन्त्रीहरूको पछाडि । महेन्द्रलाई देखेपछि हात मिलाउन इन्दिरा अगाडि आइन् । अगाडि हेरिरहेका महेन्द्रले त्यो थाहा पाएनन् वा थाहा नपाएझैं गरे । तत्कालीन परराष्ट्रमन्त्री गेहेन्द्रराज भण्डारीले इसारा गरेपछि मात्रै उनले इन्दिरालाई हात दिए । तर, आफ्नो कुर्सीबाट नउठिकन । महेन्द्रको यो रवाफिलो शैलीले भारतीय पक्ष चिढिएको सुवेदीको तर्क छ ।

२०२७ सालताका अर्थसचिव रहेका भेषबहादुर थापाले त्यसबेला भारतले घोषितरूपमै नाकाबन्दी गरेको बताउँछन । २०२८ साउन २८ (सन् १९७१ अगष्ट १३) गते व्यापार तथा पारवाहन प्रोटोकलमा नेपाल र भारतले सन्धि गरेपछि नाकाबन्दी हटेको थियो । सन्धिमा नेपालका तर्फबाट नवराज सुवेदी र भारतका तर्फबाट भारतको तत्कालीन वैदेशिक व्यापार मन्त्री ललितनारायण मिश्रले हस्ताक्षर गरेका थिए । भारतको विदेश मन्त्रालयको वेबसाइटमा यो सामाग्री अझै पनि हेर्न सकिन्छ ।

३. २०४५ सालको नाकाबन्दी

इन्दिरा गान्धीका छोरा राजिव गान्धीले आमाको बिँडो थाम्दै २०४५ सालमा नाकाबन्दी लगाए । १५ महिने नाकाबन्दी २०४५ चैत १० बाट सुरू भएर २०४७ असार १७ गते अन्त्य भएको थियो । यो नाकाबन्दीमा पनि चीन जोडिएको थियो । तत्कालीन राजा वीरेन्द्रले आकाशबाट युद्ध विमान खसाउने हतियार ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याएको झोकमा भारतीय नाकाबन्दी लागेको थियो ।

सन १९८८ जुलाई (२०४५ साउन/भदौ) मा नेपालले चीनबाट चाइनिज एयर डिफेन्स आर्टिलरी ल्याएको थियो । चीनसँग खरिद गर्नुभन्दा १६ वर्ष अगाडि नै नेपालले भारतसँग त्यस्तै हतियार खरिद गर्न प्रस्ताव गरेको तर भारतले नदिएको ‘म्युच्युअल सेक्युरिटीः अ केस अफ इन्डिया नेपाल’ पुस्तककी भारतीय लेखक तथा प्राध्यापक संगीता थपलियालले लेखेकी छिन् ।

२०७२ सालको नाकाबन्दी जस्तै यो नाकाबन्दीका बेला पनि नेपाल २०४५ सालको भूकम्पले थलिएको थियो । नाकाबन्दी लाग्दा नेपालका प्रधानमन्त्री मरिचमान सिंह थिए । उनले नाकाबन्दी सामना गर्न भारत बाहेकका देशहरूसँग सहयोगको प्रस्ताव गरेका थिए । नाकाबन्दीताका बंगलादेशको राजदूत रहेका प्राध्यापक डाक्टर मोहनप्रसाद लोहनीले आफूलाई प्रधानमन्त्री सिंहले नाकाबन्दी लागेपछि नेपालबाट बेलुका साढे १० बजे फोन गरेर बंगलादेशका राष्ट्रपति हुसेन महोमद अर्सदलाई भेट्न भनेको स्मरण गरेका छन् । विष्णु रिजालले सम्पादन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यास’ मा लोहनीलाई उद्धृत गरिएको छ ।

त्यसबेला रमजान पर्व मनाइरहेको भए पनि बंगलादेश नेपालले मागेजति चिनी र ५/५ मेट्रिक टन पेट्रोल/मट्टीतेल दिन तयार भएको लोहनीले बताएका छन् । तर, नेपाली बजारमा १६ रूपैयाँ पर्ने मट्टीतेल बङ्लादेशबाट नेपाल ल्याउँदा प्रतिलिटर ६० रूपैयाँ पर्न गयो । धेरै उपभोक्ताले त्यो मूल्यमा किन्न सकेनन् । १००० मेट्रिक टन ल्याएर बाँकी नेपालले ल्याएन ।

तत्कालीन पञ्चायतलाई ढाल्न सक्रिय नेपालका राजनीतिक दलहरूले त्यस्तै कुरालाई लिएर सरकारको विरोध गरिरहे । उपभोक्तलाई ठगेको, भारतसँग सम्बन्ध बिगारेको देखि प्रजातन्त्र हनन गरेकोजस्ता मुद्दा अघि सारेर दलहरूले सरकारविरोधी आन्दोलन तीव्र बनाए । अन्ततः २०४६ चैत २६ मा तीन दशक चलेको पञ्चायत ढल्यो । राजा वीरेन्द्र बहुदल मान्न तयार भए । बहुदल आएर २०४७ वैशाख ३ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । नाकाबन्दी खुल्न भने थप तीन महिना लाग्यो ।

प्रधानमन्त्री भएपछि पञ्चायतकालमा किनिएको एन्टी एयर क्राफ्ट गनको कृष्णप्रसाद भट्टराईले बचाउ गरेर राष्ट्रिय मुद्दामा अडान देखाएका थिए । भारतीय पत्रकारको प्रश्न सामना गर्दै उनले भारतले नदिएको चिज चीनसँग सहज र सस्तो पाउँदा किन्नु सामान्य भएको बताएका थिए ।

उनले भनेका थिए, ‘सबै सरकारलाई हतियार आवश्यक हुन्छ । मैले डकुमेन्टहरू हेरेँ । तर, भारतले कोटेसन गरेको दाम चीनको भन्दा पाँच गुणा बढी थियो ।’

अवकाशप्राप्त नेपाली सेनाका मेजर जनरल पूर्णबहादुर सिलवालको हालसालै आएको पुस्तक ‘नेपाल्स इन्ट्याबिलिटी कन्ड्रम’ पुस्तकमा यो प्रसंग छ ।

जसरी २०२७ सालको नाकाबन्दीमा महेन्द्र र इन्दिरा गान्धीको व्यक्तित्व टकरावलाई जोडिएजस्तै कतिपयले २०४५ सालको नाकाबन्दीलाई राजा वीरेन्द्र र राजीव गान्धीको व्यक्तित्वको लडाइँसमेत भन्छन् । ऋषिकेश शाह अध्यक्ष हुँदाको नेपाल विश्व परिषद्का उपाध्यक्ष भएका तथा पुर्वराजदूत प्राडा मोहनप्रसाद लोहनीका अनुसार नाकाबन्दी लगाएर यूरोप पुगेर आएका गान्धीले राजा वीरेन्द्र भेट्न खोज्दा ‘राजा र प्रधानमन्त्रीको प्रोटोकल’ नमिल्ने भन्दै वीरेन्द्रले भेट दिएका थिएनन् ।

यस्तो टकराब पाकिस्तानमा सन् १९८८ डिसेम्बर २९ देखि ३१ सम्म चौथो सार्क शिखर सम्मेलन हुँदा पनि देखिएको थियो । तत्कालीन पाकिस्तानका लागी नेपाली राजदूत तथा पुर्व प्रधानसेनापति अर्जुननरसिंह राणाले ‘नेपालको कूटनीतिक अभ्यास’ पुस्तकमा यसको जानकारी दिएका छन् । उनले भनेका छन, ‘कार्यक्रममा भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग भेटघाटका सन्दर्भमा केही असमझदारी रहन गएकोले चिसोपन उत्पन्न भएको थियो ।’

कतिपयले २०४५ सालको नाकाबन्दीको अर्को कारणका रूपमा राजीव गान्धी पत्नी सोनिया गान्धीलाई नेपाल भ्रमणताका गैरहिन्दू भनेर पशुपतिमा पस्न नदिइएको प्रकरणलाई पनि औंल्याएका छन् । सन् १९८८ डिसेम्बरमा नेपालको राजकीय भ्रमणमा आफ्नी इटालीयन मुलकी श्रीमती सोनिया गान्धीसँगै तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपाल आए । त्यसबखत सोनियाले पशुपतिनाथ प्रवेश गर्न चाहँदा भारतीय पुजारी रहेको पशुपतिमा उनलाई अनुमति दिइएन । मुलभट्ट सुप्रमण्यले प्रवेशमा निषेध गरेको पत्रकार युवराज घिमिरेले लेखेका छन् ।

नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीमा सबैभन्दा कठोर र धेरै चर्चा पाएको २०४५ सालकै हो । नाकाबन्दीको समाचार न्यूयोर्क टाइम्स, वासिङटन पोस्टदेखि लज एन्जलस टाइम्स जस्ता अमेरिकी अखबारमा समेत प्रकाशित थिए । सन् १९८९ अप्रिल १० मा लज एन्जस टाइम्सका लागि मार्क फिनमेनले हेडलाइन बनाएका थिए, ‘व्यापार नाकाबन्दीले चौपटः भारतसँग नझुकेकोमा नेपालको मुल्य चुकाउँदै ।’ समाचारमा नेपालले भारतीय व्यापारी र नागरिकलाई पहिले जस्तो सुविधा नदिनेमा सोचिरहेको उल्लेख थियो ।

४. २०७२ सालको नाकाबन्दी

२०७२ असोज ३ मा नेपालले इतिहासमा पहिलोपटक संविधानभसाबाट संविधान जारी गर्‍यो । संविधान जारी गर्नु तीन दिनअगाडि नेपाल आएका भारतका विदेशमन्त्री तथा तत्कालीन विदेश सचिव एस. जसशंकरले संविधान घोषणा स्थगित गर्न दबाब दिए । तर, नेपाली नेताहरूले मानेनन् ।

तत्कालीन प्रधानमन्त्री तथा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला, दोस्रो ठूलो पार्टी एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डमात्र नभएर तत्कालीन चौथो ठूलो दल राप्रपा अध्यक्ष कमल थापा र मधेशवादी पार्टीका विजयकुमार गच्छदार एक भएर संविधान जारी भयो । असोज ३ मै भारतले संविधानप्रति असन्तुष्ट भएको जनाउ दियो । भारतीय विदेश मन्त्रालयले एक वक्तव्य सार्वजनिक गर्‍यो । जसमा संविधानलाई ‘नोट’ गरेको र ‘भारतीय सीमा जोडिएको क्षेत्रमा हिंसा भएको’ भन्दै संविधानप्रति असन्तुष्टी र नाकाबन्दी लाउने संकेत एकैपटक देखायो ।

वक्तव्यमा भनिएको थियो, ‘आज नेपालमा जारी भएको एक संविधान हामीले नोट गरेका छौँ ।’ त्यसमा थपिएको थियो, ‘भारतीय सीमा जोडिएका विभिन्न भागहरूमा हिंसाहरू बढिरहेकोमा हामी चिन्तित छौँ ।’

त्यसको तेश्रो दिनबाट भारतले अघोषितरूपमा नाकाबन्दी लगायो । असोज ६ बाट नाकाबन्दी सुरू भयो । यसलाई हेर्ने दृष्टिकोणमा नेपालका राजनीतिक शक्तिहरूबीच एकरूपता दखिएन । नेपाली कांग्रेसले औपचारिकरूपमा नाकाबन्दी भनेन । मधेशकेन्द्रित केही दलहरू र नागरिक अभियानकर्मीहरू नाकाबन्दीलाई सहयोग पुर्‍याउने गरी सीमा नाकामा धर्ना बसे । अरु पार्टीहरूले नाकाबन्दीको खुलेर विरोध गरे ।

बीबीसीदेखी न्यू योर्क टाइम्स हुँदै अलजजिराजस्ता विश्व मिडियाले ‘नाकाबन्दी’ नै भनेका छन् । काठमाडौं पोस्टका तत्कालीन सम्पादक अखिलेख उपाध्यायले न्यू योर्क टाइम्समा सन् २०१५ नोभेम्बर ६ मा भारतले अघोषित नाकाबन्दी गरेको भनेर लेख लेखेका थिए । विश्वभरका नेपालीहरूले भारतीय दूतावास अगाडि जुलुस निकाले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमण हुँदा त्यहाँ पनि नेपालीहरूले प्रदर्शन गरे । संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमललगायतले ‘अकाउन्ट्याबिलिटी वाच कमिटी’ को तर्फबाट नाकाबन्दीको नागरिकस्तरबाट विरोध गरे । भारतलाई नागरिकस्तरको व्यापक दबाब र विश्वव्यापी बन्यो ।

भारतले भने आफूले नाकाबन्दी गरेको नभए सीमामा अवरोध भएकाले सामान आपूर्ति गर्न नसकेको बयान दिइरह्यो । तर, तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय सदनमा सांसदहरूले प्रश्न गरेर हैरान गरेपछि घुमाउरोरूपमा नाकाबन्दी भएको भन्न बाध्य भएकी थिइन् । २०७२ मंसिर २१ गते सोमबार भारतको राज्यसभामा बोल्दै उनले ‘नेपालमाथि पहिलोपटक नाकाबन्दी नभएको’ तर्क गरेकी थिइन् ।

उनले भनेकी थिइन, ‘राजिव गान्धीको सरकारको पालमा पनि नेपाललाई नाकाबन्दी भएको थियो ।’

२०७२ को नाकाबन्दी ६ महिनासम्म चलेर रोकिएको थियो । भारतले तनाव दिएपछि चीनको विकल्प खोज्ने नेपाली परम्पराको निरन्तरता ओलीले पनि दिए । तर, योपटक उनी आग्रहमा मात्रै सिमित नरही सन्धि नै गरे । उनले चीनसँग इतिहासमा पहिलोपटक नेपालको तर्फबाट व्यापार तथा पारवाहन सन्धि गरे ।

असोज ६ मा भारतले नेपालमा नाकाबन्दी लाउँदा संविधान जारी भएको ३ दिनमात्रै भएको थियो । प्रधानमन्त्री थिए सुशील कोइराला । कोइरालाले संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति गरेका थिए । संविधान बनेपछि कोइराला सहमतिमा अडिएनन् । फेरि प्रधानमन्त्रीको उम्मेदवार बने । उनलाई भोट हाल्न संविधानसभा बहिष्कार गरेका उपेन्द्र यादवहरूको टिम पनि संविधानसभामा आएको थियो । कतिपय कांग्रेस नेताहरूले भने संविधानसभा छोडेर हिँडेको टोलीलाई संविधानको फोरममा ल्याउन कोइरालाले उम्मेद्वारी दिएको तर जित्न बल नगरेको तर्क गर्दै आएका छन् ।

भारतको नाकाबन्दी सुरू भएको तेस्रो हप्ता लागेपछि २०७२ असोज २४ गते ओली र कोइरालाको प्रधानमन्त्रीमा प्रतिस्पर्धा भयो ।  कोइरालालाई हराएर ओली प्रधानमन्त्री बने । ५८७ मत खसेकोमा ओलीले ३३८ मत पाए । कोइरालाले २४९ मत पाए । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव नेपाललाई हराएर एमाले अध्यक्ष भएका ओलीले एमालेको संसदीय दलको नेतामा पनि तत्कालीन पार्टी प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएका थिए । छोटो समयमा विभिन्न मोर्चामा तीन पूर्वप्रधानमन्त्रीलाई हराएर आएका ओलीले खुलेर नाकाबन्दीको विरोध गरे ।

२०७२ को नाकाबन्दी ६ महिनासम्म चलेर रोकिएको थियो । भारतले तनाव दिएपछि चीनको विकल्प खोज्ने नेपाली परम्पराको निरन्तरता ओलीले पनि दिए । तर, योपटक उनी आग्रहमा मात्रै सिमित नरही सन्धि नै गरे । उनले चीनसँग इतिहासमा पहिलोपटक नेपालको तर्फबाट व्यापार तथा पारवाहन सन्धि गरे ।

२०७२ चैत ८ (२०१६ मार्च २१) मा चीन भ्रमणमा गएका ओली र उनका समकक्षी लि केकिङबीचमा व्यापार तथा पारवाहन सन्धि भएको थियो । पहिलो कार्यकालमा व्यापार तथा पारवाहन सन्धि गरेका ओलीले आफ्नो दोश्रो प्रधानमन्त्री कालमा चीनसँग उक्त सन्धिको प्रोटोकलमा हस्ताक्षर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका दौरान २०७६ वैशाख १६ (२०१९ अप्रिल २९) मा उक्त सन्धिमा हस्ताक्षर भएको थियो । भण्डारी र चिनियाँ राष्ट्रपति सि चिनफिङको उपस्थितिमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री सि स्याओपेङले प्रोटोकलमा हस्ताक्षर गरेका थिए ।

चीनसँग व्यापार र पारवाहन सन्धि ओलीले गरेपछि दवावमा आएको भारत थप सहुलियत दिन तयार भयो । कलकत्ताको हल्दिया बन्दरगाहमात्रै दिएको भारतले पछि विशाखापटनम पनि दियो । पेट्रोलियम पदार्थ व्यवस्थितरूपमा नेपालमा ल्याउन ओली र मोदीले २०७६ भदौ २४ (२०१९ सेप्टेम्बर १०) मा संयुक्त रूपमा पाइपलाइन उद्घाटन गरे । भारतको विहारदेखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन भिडियो कन्फ्रेन्सबाट उद्घाटन भएको थियो । पाइपलाइनको ३६ किलोमिटर क्षेत्र नेपालमा पर्छ ।

र, यो पनि

माथिका ४ नाकाबन्दीबाहेक भारतले नेपालमाथि अर्को एउटा बन्देज सिर्जना गरेको घटना पनि स्मरणीय छ । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कदमबाट असन्तुष्ट भएर भारतले नेपालमा सैन्य सामाग्रीको आपूर्ति बन्द गरेको थियो, जसलाई कतिपयले ‘सैन्य नाकाबन्दी’ भन्ने गर्छन् ।

त्यसताका अहिलेकै शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री पदबाट बर्खास्त गरे र शासन आफ्नै हातमा लिए । संवैधानिक राजाबाट उनी प्रत्यक्ष शासन गर्ने राजा बने । त्यही बहानामा भारतले अघोषितरूपमा सैन्य नाकाबन्दी लायो ।

नाकाबन्दी लाउने संकेत भारतले विभिन्न घटनाक्रमबाट दिएको थियो । जस्तो ज्ञानेन्द्रले सत्ता हातमा लिएको पाँच दिनपछि बंगलादेशको राजधानी ढाकामा सन् २००५ फेब्रुअरी ६ बाट हुने तय भएको १३ औं सार्क शिखर सम्मेलनमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह नजाने भए । बंगलादेशले बाध्य भएर सम्मेलन स्थगित गर्‍यो । सार्क प्रकरणभन्दा दुई दिन अगाडि नेपाल भ्रमण तय भएको भारतका तत्कालीन सेनापति जेजे सिंहले आफ्नो निर्धारित नेपाल भ्रमण रद्द गरे ।

ज्ञानेन्द्रको सत्तारोहणलाई लिएर भारतले कूटनीतिक प्रतिक्रिया पनि कडा दिएको थियो । साउथ ब्लकले लेखेको थियो, ‘भारतले नेपालको संविधानको मान्यताअनुरूप संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई नेपालको दुई खम्बे स्थायित्वको रूपमा निरन्तर समर्थन गरेको छ । राजाले आफ्नै अध्यक्षतामा सरकार बनाएसँगै त्यो सिद्धान्त अहिले मिचिएको छ । नेपालको पछिल्लो घटनाक्रमले नेपालका मूलधारका राजनीतिक दलहरू र राजतन्त्रलाई मुठभेडमा ल्याएको छ ।’

४ नाकाबन्दीबाहेक भारतले नेपालमाथि अर्को एउटा बन्देज सिर्जना गरेको घटना पनि स्मरणीय छ । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कदमबाट असन्तुष्ट भएर भारतले नेपालमा सैन्य सामाग्रीको आपूर्ति बन्द गरेको थियो, जसलाई कतिपयले ‘सैन्य नाकाबन्दी’ भन्ने गर्छन् ।

यसरी वक्तव्यदेखि व्यवहारबाट भारतले राजाको प्रत्यक्ष शासनले नेपालको संविधानको हनन् भएको भन्दै सैन्य सामग्री बिक्री बन्द गर्‍यो । सन् १९५० को सन्धिको धारा ५ मा नेपाली सेनाले भारतबाट आफ्ना सैन्य सामग्री किन्ने प्रावधान रहेको छ । राजालाई नेपालको संविधान मिचेको आरोप लाएको भारतले नेपाल-भारतको उक्त सन्धि मिच्यो । भारतले त्यस्तो अवस्थामा ‘सैन्य नाकाबन्दी’ लगायो, जुन अवस्थामा नेपालमा नेपाली सेना माओवादी लडाकुसँग देशभर भिड्दै थियो । विभिन्न देशी-विदेशी हतियारबाट सुसज्जित माओवादी लडाकुसँग लड्न आवश्यक हतियार भारतले नदिएर तनाव दियो ।

भारतीय तनाव झेलेपछि चीनतिर फर्कने नेपाली सत्ताधारी परम्परा ज्ञानेन्द्रले पनि पछ्याए । चीनले खुलेर सहयोग गर्‍यो । चीनले सैन्य नाकाबन्दी भएकै वर्ष ९ लाख ८९ हजार डलर सैन्य सहयोग गरेको अवकासप्राप्त मेजर जनरल पूर्णबहादुर सिलवालले आफ्नो पुस्तकमा लेखेका छन् । विकिलिक्सले सार्वजनिक गरेको एक डकुटेन्टले सैन्य नाकाबन्दी भएकै वर्ष सन २००५ नोभेम्बरमा चीनबाट अठार ट्रक सैन्य सामग्री नेपाल आएको उल्लेख छ ।

भारतको सैन्य नाकाबन्दी २०६१ माघदेखि २०७० असारसम्म रह्यो । २०७० असार २५ गते भारतीय विदेशमन्त्री सलमान खुर्सिद नेपाल भ्रमणमा आएपछिमात्रै औपचारिकरूपमा खुलेको भारतीय अखबार इन्डिया टूडेले लेखेको छ । भारतीय सैन्य नाकाबन्दी करिब ८ वर्ष चल्यो । यसलाई धेरैले नाकाबन्दी भन्दैनन् । तर, नेपाल-भारतबीच भएको सन् १९५० को सन्धिले अनिवार्य गरेको कुरा बन्द गरेकोले नाकाबन्दी मान्नुपर्ने कतिपयको भनाइ छ । हालसालै नयाँ पुस्तक ‘नेपाल्स इन्स्ट्याबिटिली कननड्रम’ का लेखक तथा अवकाशप्राप्त मेजर जनरल पूर्णबहादुर सिलवालले यसलाई नाकाबन्दी भनेका छन् ।


अध्ययनका लागि दुबई ? यी हुन् थाहा पाउनै पर्ने जानकारी

September 23, 2021

अध्ययनका लागि दुबई ? यी हुन् थाहा पाउनै पर्ने जानकारी

अध्ययनका लागि दुबई ? पहिलोपटक जो-कोहीलाई पनि यो प्रश्न मनमा आउन सक्छ । कारण, धेरै नेपाली युवा कामका लागि दुबई गइरहेको हामीले देखेका छौं । तर दुबई अध्ययनको लागि पनि नेपाली युवाहरूको लागि गतिलो गन्तव्य हो भन्ने कुरा निकै कमलाई मात्र थाहा हुन सक्छ ।

सामान्यतया अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र यूरोपियन मुलुकहरू पर्दै आएका छन् । तर विद्यार्थीले यी उल्लिखित देशहरूकै दाँजोमा शैक्षिक गुणस्तर दुबईमा पनि पाउन सक्छन् । त्यो पनि यी देशहरूको तुलनामा केही सस्तो मूल्यमा । त्यसो त दुबईमा अध्ययन गर्न विद्यार्थीले माथि उल्लिखित देशहरू जत्तिकै दरमा खर्च गर्नुपर्ने पनि हुन्छ । तर केही त्यस्ता विषय र कलेजहरू छन्, जो मध्यमवर्गीय नेपाली विद्यार्थीका लागि रोजाइमा पर्न सक्छन् ।

दुबई पछिल्लोपटक विश्वकै विकसित मुलुकको रूपमा दर्ज भइसकेको छ । अरू ठूला र विकसित भनिएका देशहरू पनि दुबईको विकसित रूप हेरेर अहिले चकित पर्छन् । यूरोप, अष्ट्रेलिया र अमेरिकाकै तुलनामा दुबईको विकास भैसकेको छ भन्दा अत्युक्ति नहोला ।

दुबई अध्ययन किन ?

दुबईको शिक्षा प्रणाली विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशहरूसँग दाँजिन्छ । र, यहाँ विश्वका उत्कृष्ट मानिएका थुप्रै कलेज अनि युनिभर्सिटीहरूले विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । नेपाली विद्यार्थीका लागि दुबई किन उत्कृष्ट गन्तव्य बन्न सक्छ भने विद्यार्थीले दुबईमा अध्ययन गरिरहँदा सँगसँगै काम गर्ने अवसर पाउँछन् । र, विद्यार्थीले आफूले गरेको कामबाट भएको कमाइबाट आफ्नो दैनिक खर्चसँगै अध्ययन खर्च पनि सजिलै जुटाउन सक्छन् । अन्तर्राष्ट्रियस्तरको डिग्री विद्यार्थीले आफ्नै खर्चमा लिन सक्ने भएपछि त्योभन्दा राम्रो अरू के हुन सक्छ ?

दुबई बस्नको लागि पनि सुरक्षित देश हो । वातावरणीय हिसाबले पनि दुबई स्वच्छ मुलुक हो । ‘मिडल इष्ट’का अन्य देशको तुलनामा दुबई धेरै स्वतन्त्र देश पनि हो । दुबईमा बस्न, खान, हिंड्न र डुल्नमा कुनै खालको रोकावट छैन । महिलाहरूको हकमा पनि दुबई स्वतन्त्र मुलुक हो । अन्य इस्लामिक देशहरू जस्तै महिलाहरूलाई केही गर्न नपाउने खालको बन्देज दुबईमा छैन ।

अर्को गज्जबको पक्ष के हो भने दुबई अध्ययनका लागि आवश्यक सबै प्रक्रिया र कागजात जुटाएको खण्डमा दुबईको भिसा लाग्ने सम्भावना करीब शतप्रतिशत रहन्छ । सहज, सुलभ अनि झन्झटमुक्त प्रक्रिया भएका कारण नेपाली विद्यार्थीको अध्ययनको गन्तव्य दुबई हुन सक्छ ।

विद्यार्थीले दुबई अध्ययनको लागि गइसकेपछि करीब दुई महीनाभित्र ‘वर्क पर्मिट’ पाइसक्छन् । र, वर्क पर्मिट भइसकेपछि उनीहरूले दुबईको जुनसुकै सेक्टरको हरेक तहमा -आफ्नो क्षमताअनुसार) काम गर्न सक्छन् । यसरी वर्क पर्मिट पाएर काम गर्ने विद्यार्थीको लागि अर्को गज्जबको कुरा के हो भने, नेपालबाट वर्किङ भिसामै गएर काम गरिरहेका सामान्य कामदारको तुलनामा बढी कमाइ हुन्छ । र, कामको सवालमा विद्यार्थी केही स्वतन्त्र पनि हुन्छन् ।

कस्ता विषय रोज्ने ?

दुबईमा मेडिकल कलेजहरू निकै महँगा हुन्छन् । धेरै कम मात्र नेपाली विद्यार्थीले यस्ता कलेजहरू ‘अफोर्ड’ गर्न सक्छन् ।

तुलनात्मक रूपमा व्यवस्थापन संकायका कक्षाहरू दुबईमा सस्तो पर्छन् । हस्पिटालिटी म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, आईटी, स्पोर्टस् म्यानेजमेन्ट जस्ता विषय अध्ययनका लागि दुबई उत्कृष्ट गन्तव्य हो । त्यो बाहेक विद्यार्थीले फिल्म डाइरेक्सन, प्रोडक्शन म्यानेजमेन्ट जस्ता विषय पनि दुबईमा अध्ययन गर्न सक्छन् । विशेषगरी इभेन्ट म्यानेजमेन्ट र स्पोर्टस् म्यानेजमेन्टमा विश्वमै दुबई अग्रणी देश हो, त्यसैले यी विषय अध्ययन गरिरहँदा विद्यार्थीले त्यहाँका विज्ञहरूको टीममा सहभागी भएर काम गर्न पाउने अवसर पनि रहन्छ ।

त्यसैगरी दुबई पर्यटकीय मुलुक पनि हो । भ्रमणका लागि विश्वका थुप्रै मानिस दुबई आउँछन् । फाइभ स्टार लेभलभन्दा माथिका होटलहरूका लागि दुबई विश्वमै दोस्रो नम्बरमा आउँछ । हस्पिटालिटी म्यानेजमेन्ट सेक्टरमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि दुबई उत्कृष्ट गन्तव्य हुन सक्छ । अध्ययन, इन्टर्नसिप र अध्ययनपश्चात पाइने विभिन्न खाले अवसरका कारण दुबई विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य हो ।

व्यवस्थापन संकायसँग जोडिएका विभिन्न विषय अध्ययन गर्न नेपालमै पनि ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ । करीब नेपालमा हुने खर्चकै हाराहारीमा खर्च गर्न सके दुबईमा अन्तर्राष्ट्रियस्तरको डिग्री हासिल गर्न सकिन्छ । जुन डिग्रीले विद्यार्थीलाई कालान्तरमा विश्वव्यापी रूपमा दक्ष जनशक्तिको रूपमा काम गर्न सजिलो बनाउँछ ।

आर्थिक वृद्धिको हिसाबले पनि दुबईले निकै फड्को मारिसकेको छ । दुबईको जीवनशैली कुनै युरोपियन मुलुकभन्दा कम छैन । दुबईको प्रति व्यक्ति आय हेर्ने हो भने पनि त्यो विकसित मुलुकको तुलनामा कम देखिंदैन ।

नेपाली विद्यार्थी वैदेशिक अध्ययनमा जाँदा त्यहाँ गएपछि आफूले काम गरेर आफ्नो कलेज वा युनिभर्सिटीको शुल्क अनि आफ्नो दैनिक खर्च धान्न सक्छु कि सक्दिनँ भनेर सबैभन्दा बढी सचेत हुने गरेका छन् । र, यो मामिलामा नेपाली विद्यार्थीका लागि दुबई एकदम सही गन्तव्य हो ।

दुबईमा अध्ययन गर्ने विद्यार्थीले काम पनि गर्न पाउने र त्यहाँबाट भएको कमाइले आफ्नो खर्च धान्न सजिलै सक्ने भएकोले अझ विद्यार्थीको लागि गज्जबको अवसर छ । दुबईमा अध्ययनपश्चात् सम्बन्धित क्षेत्रमा सजिलै विद्यार्थीले रोजगारीको अवसर पाउने भएकोले पनि विद्यार्थीले दुबईलाई आफ्नो शैक्षिक गन्तव्य बनाउन सक्छन् ।

 

म्युचुअल फण्ड के हो, यसमा गरिने लगानी कति सुरक्षित ?

September 23, 2021

 

म्युचुअल फण्ड के हो, यसमा गरिने लगानी कति सुरक्षित ?

नेपालको सेयरबजारमा पछिल्लो केहि दिन यता म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोषका ईकाइहरुमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको देखिन्छ । विभिन्न मर्चेन्ट बैंकहरुले जारी गरेका म्युचुअल फण्डहरुको मूल्य निरन्तर बढिरहेको देखिन्छ । 

केहि दिन अघिसम्म पनि नेप्सेमा खासै कारोबार नहुने म्युचुअल फण्डहरुको मूल्य एकाएक बढ्नु र कारोबार रकममा समेत बृद्धिहुनुको प्रमुख कारण भनेको नै दुबै म्युचुअल फण्डाका योजनाहरुले सार्वजनिक गरेको लाभांश रहेको कतिपयको बिश्लेषण छ ।

केहि दिन अघि मात्र २  म्युचुअल फण्डहरुले ३० प्रतिशत र ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका थिए । बुलिस ट्रेन्डमा अधिकांश म्युचुअल फण्डका योजनाहरुले राम्रो मुनाफा हाँसिल गर्न सफल भएकाले पनि उनिहरुले राम्रो मुनाफा वितरण गर्न सक्ने अवस्थामा देखिन्छन् ।

नेपालका कतिपय म्युचुअल फण्डहरु त उनिहरुको न्याभको तुलना डिस्काउन्टेड मूल्यमा नै रहेकोले पनि म्युचुअल फण्डमा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । अबको केहि समयमै करिब सबै म्युचुअल फण्डका योजनाहरुले लाभांश घोषणा गर्ने भएकाले १ बर्ष अघि सुरु भएका योजनाहरुमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । 

अहिले बजारमा म्युचुअल फण्डको चर्चा भइरहँदा कतिपय नयाँ प्रबेश गरेका लगानीकर्ताहरुमा म्युचुअल फण्ड भनेको के हो यसमा कसरी लगानी गर्ने यसले कसरी प्रतिफल दिन्छ भन्ने अन्योलता देखिन्छ । 

साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानीगर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो।

म्युचुअल फन्ड एक सामूहिक लगानी कोष हो। यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन। म्युचुअल फन्ड कम्पनीमा विवेकशील र सम्बन्धति क्षेत्रमा ज्ञान र अनुभवभएका व्यक्तिहरूले कम्पनी सञ्चालन गरेका हुन्छन।

यी कम्पनीहरूले लगानीका लागि निकै श्रम र समय खर्चेका हुन्छन जसकारण यी फन्डहरूले राम्रा प्रतिफलदिने, सम्भावित भएका एंवम सम्बन्धित क्षेत्रमा उत्कृषट प्रर्दशन गर्ने कम्पनीहरूमा लगानी गर्दछन्।

यी फन्डहरूले विविध क्षेत्रका कम्पनी, बन्ड, ऋणपत्र, सरकारी धितोपत्र, मुद्दती निक्षेप आदिमा लगानी गर्दछन्।दिगोरूपले नाफा आर्जनगर्ने उद्देश्यले लगानीगर्दा यी कम्पनीले प्रतिफलपनि राम्रै दिन्छन।

म्युचुअल फन्डको विश्लेषणमा प्रमुख आधार भनेको त्यस कम्पनीको कूल सम्पत्ति मूल्य (Net Assets Value) हो। यो सूचकले फन्डको सम्रग सम्पतिको मूल्याङ्कन गर्दछ।

कूल सम्पत्ति मूल्यलाई  कम्पनीको कूल युनिटले भाग गर्दा आउने अनुपातलार्इ कूल सम्पति मूल्य प्रति युनिट (Net Asset Value Per Unit) म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्।

१. खुलामुखी फन्ड (Open Ended Fund) : खुलामुखी फन्डले कुनै बखतमा पनि लगानीकर्तालार्इ सेयर बिक्री गर्ने गर्दछ र लगानीकर्ताले बिक्री गर्न आएमा पुनस् खरिद गर्दछ।

यो फन्डको निश्चित समय तोकिएको हुँदैन। यस प्रकारको फन्ड नेप्सेमा सूचिकृत गरिएको हुँदैन जसकारण यो दोस्रो बजारमा किनबेच हुँदैन।

२, बन्दमुखी फन्ड (Close Ended Fund) : यस प्रकारको फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित समय अविधिभर सो योजना अन्तर्गत अर्को सेयर जारी गर्दैन।

यस प्रकारको फन्ड नेप्सेमा सुचिकृत गरिएको हुन्छ र यो ब्रोकरमार्फत खरीदबिक्री गर्न सकिन्छ।

म्युचुअल फन्ड डिस्काउन्ट र प्रिमियम मूल्यमा पनि जारी गरिन्छ। प्रतियुनिट सम्पति मूल्यभन्दा धेरै मूल्यमा सेयर जारी गरियो भने त्यो प्रिमियममा जारी भएको बुझिन्छ।

त्यसको विपरीत यदी प्रतियुनिट सम्पति मूल्यभन्दा थोरै मूल्यमा सेयर जारी गरियो भने त्यो डिस्काउन्टमा जारी भएको बुझिन्छ।

म्युचुअल फन्डका केही विशेषताहरू :

१.लगानीमा विविधिकरण (Diversification In Investment):   म्युचुअल फन्डको लगानी विविध क्षेत्रमा गरिएको हुन्छ जसले जोखिम न्युनिकरण गर्न मद्दत पुग्दछ।

२. तरलता (Liquidity) :  खुलामुखी फन्डका लगानीकर्ताले तोकिएको समय अविधिभरमा बिक्री गर्न सकिन्छ जुन प्रतियुनिट कूल सम्पति मूल्य (Net Assets Value Per Unit) कै बराबर हुने गर्दछ। यस्ता फन्ड तरल सम्पति हुन्।

३. लगानीको कुशल व्यवस्थापन (Proper Investment Management) : म्युचुअल फन्ड कम्पनीले लगानीगर्दा अनुभवी पोर्टफोलियो  व्यबस्थापकलाई अ‍ौपचारिक रूपले लगानीको जिम्मेवारी दिएका हुन्छन जसले वृहत खोज र अध्धयन गरी निर्णय गर्दछन्।

४.सरकारको नियमन तथा पार्दशिता (Government Convinience and Transperancy) :  म्युचुअल फन्डले सरकारी निति र कानुन बमोजिम कार्य गर्नुपर्दछ र सरकारले यस्ता कम्पनीको नियमन गर्दछ। आवश्यक परेमा सरकारले नितिनियम परिमार्जन एवम् बद्लाव गर्दछ। त्यसका साथै वित्तिय विवरण, आयव्यय विविरण जस्ता महत्वपूर्ण प्रतिवेदनको पार्दशिता निश्पक्ष रूपले यी कम्पनीले खुलासा गर्दछन्।


प्रकाश पौडेल - नेपाली कमरेड

September 23, 2021

लडाइको मैदानमा सिपाही लाइ बर्दी मात्रै मा उभ्याउदा उ कमजोर ठहरिन सक्छ तर हतियार सहित पठाए उस्ले जित्छ, बर्दीले आत्माबिस्वास बढाउछ भने हतियार ले जित दिलाउछ। राजनीति र युद्दमा तात्विक भिन्नता खासमा केहि छैन। जितका लागि ठुलो समूह भन्दा पनि जिम्मेवार, बलियो र सहकार्यमुलक संगठन आवास्यक हुन्छ,  त्यही महसुसु भएको छ।  बौद्दिकता एक किसिमको हतियार हो तर भौतिक सहायता बिना बौद्दिकता पनि अचल रहन्छ तसर्थ युद्द जित्नको लागि सर्बगुण प्राय सबैमा नहुन सक्छ। 

प्रकाश पौडेल - नेपाली कमरेड

एउटा मान्छे नेता कसरी बन्छ ?

नेता बन्न सक्ने जुनुन जो कोहिमा कहा हुन्छ र, राजनीति पूर्णकालीन सेवा हो जसबाट लाभ लिन खोज्ने जो कोहि को पतन निस्चित हुन्छ। व्यक्तिगत जीवनलाई त्याग्न नसक्ने मान्छे नेता बन्न सक्ने कल्पना गर्न सकिदैन।  नेता बन्ने गण कसैले जन्मजात लिएर आउने कुरा त पक्कै होइन। 

नेता बन्नकैलागि कलेज पुग्नेहरु विभिन्न सङगत ले डोरिन्छन  र पदमा पुग्छन तर केही अपबाद हुन्छन जो जेहाद छेडेर निस्किन्छन, त्यो एउटा उदाहरण हो प्रकाश पौडेल। मालाई राम्रो संग याद छ संगै हिडेका प्रतिद्वोंदीहरुलाई चाकडिबाज र चाप्लुशीका बाबजुद सबैलाई पछार्दै केन्द्रसम्मको राजनैतिक यात्राले यो कुरा प्रस्ट पारेको छ। यसकुराले हामीलाई पनि राजनीतिमा इमान्दारिता र लगनशीलताको अस्थित्व छ भन्ने कुरामा बिस्वास लाग्न थालेको छ। 

प्रकाश पौडेल - नेपाली कमरेड

२०६० साल तिर पुलाचौर मा एक घर सेनाले घरेको थियो, सबै खान तलासी भैरहेको थियो।  गाउले र सेना बीच विवाद भैरहेको थियो।   खानतलासीको कारण चाहि एक आरोप थियो गाउमा कसैले यो घरमा माओवादी को हतियार छ भनेर सेनालाई सुराकी गरेको रहेछ। यो घटना प्रकाशको मस्तिस्कमा यसरि बस्यो कि जसको कारण प्रकास अहिले जहाँ जहाँ अन्याया भएको छ त्यहाँ उपस्थित देखिन्छन् । 

कुरा हाम्रो बाल्यकालकै हो हाम्रा घरहरु फरक गाउमा भएपनि हामी सम्बन्धले एकादमै नजिक छौ। प्रकाश को घर मालाइ र मेरो घर प्रकाशलाइ एकदमै प्यारो लाग्दछ, सायद त्यसैले बाल्यकालका खेलहरु हामी संगै खेल्थ्यौ। उनलाई सधैँ आफ्ने समुहलाई न्यायपूर्ण ढंगले जिताउनु पर्ने र खेलमा कसैले पनि झ्याली गर्न नपाउने कुरा मन पर्दथ्यो ।  बाल्यकालको त्यो मिठो संगत बिचमा केहि समय छुटेपनि फेरी हाम्रो सङ्गत म्याग्दी क्यम्पस पढ्दा जोडियो। जब म्याग्दी क्याम्पसको क्यान्टिनमा चिया र समोसा खान्थ्यौ तब प्रकाश हाम्रा बाल्यकालका यादहरुलाइ ताजा हुने गरि जिस्काउथे । टाढा भएपनि मेरा सबै क्रियाकालापहरुमा नजर पुग्दो रहेछ, मेर बिद्यार्थी राजनीतिलाई नियालीरहेका प्रकाश बेला बेला मलाइ हौसला दिइरहन्थे। सानैदेखिको बिद्रोही स्वाभाव भाएको प्रकाशमा नेतृत्व क्षमाता बाल्याकाल्देखिनै भएको कुरा मैले हामि संगै अध्यान गर्दा महसुस गरको थिएँ।

प्रकाश पौडेल - नेपाली कमरेड

साधारण घरमा भएको त्यो हमलाले नै प्रकाशलाइ राजनीतिमा डोर्‍याउने मार्ग बनाएको रहेछ।  बाल्यकालदेखि कै संगत भएकोले म स्वयम् पनि जानकार रहेपनि बास्ताबिकता खोज्दै जाँदा धेरै कुराहरु मैले आफै पत्ता लगाए भने कति कुरा हाम्रा भलाकुशारीबाट पत्ता लागे।  तैपनि यो सबै बास्तबिकता प्रकशले सायदै कसैलाई भनेका होलान।  बालासाखा साथीहरू छोडेर हिडन पर्ने कस्ले बनायो भनेर खोज्दा खोज्दै ७ कक्षा मा पढने बेला उनी अखिलको सम्पर्कमा पुगेको कुरा मैले उतिखेरै जानाकारी पाएको थिए। हामीलाई राजनिती भन्दासाथ डर लाग्ने त्यो स्थितिमा अखिलको योद्दा बनेको प्रकाशले हामिजस्ता बिचलित बिद्यार्थी लाइ राजनीति के हो भनेर बुझ्न सक्ने गरि प्रस्तुत भैरहेका छन।   बिपत्ति मा सेवा अनि बिभेगदमा बिद्रोह गर्ने कुरा उनले सार्बजनिक गरेका  छन ।

प्रकाश पौडेल - नेपाली कमरेड

७२ सालको भूकम्पमा राहत बोकेर गोरखा पुगेको प्रकाशले देशका  जुनकुनै कुनामा बिपत्ति आइलाग्दा नपुगेको क्षेत्र देखिदैन। अशल काममा सबैको साथ हुदो रहेछ। जब प्रकाश सुरु गर्छन तब युवाहरु राजनैतिक आस्था भन्दा मनबिय धर्म ठुलो देख्छन र साथ् दिन्छन यस्ता कति उधारण छन् जुन जो कोही म्याग्देलीलाइ सोधेपछि थाहा भैहाल्छ । प्रकाश अहिले नेता भन्दापनि जनताको बिस्वास बनेका छन् र म्याग्दी, गण्डकी हुदै नेपालकै बिस्वास बन्ने बिस्वास मा संग संगै हरेक म्याग्देलीले लिएका छन्। 

प्रकाश पौडेल - नेपाली कमरेड

२०७२ तिरको कुरा होला, नाकाबन्दीले देश ठप्प हुँदै थियो भारतप्रती सबैको कडा गुनासो बढिरहेको थियो। २०७२ साल असोज ५ गते साँझा म्याग्दी बेनिमा एक्कासी कडा चलपहल निस्कियो अग्र मोर्चामा थिए प्रकाश सयौ विद्यार्थीले मोदिको पुत्ला जलाए सम्बत त्यो नै नाकाबन्दि विरुद्धमा मोदिको देशमा जलेको पहिलो पुत्ला थियो। त्यसपछि अखिलले जनताको आवस्यकता लाई मौका मानेर कालोबजारी गर्ने ब्यापारीक गोदाममा धावा बोल्न थाल्यो।  भ्रस्टाचारि लाई खुलेआम छोपेर अख्तियार लाई बुझौउने जस्ता कार्य भए, लुकाएका सिलिण्डर बिद्यार्थीका/ जनताका चुलोसंग जोडिए। 

प्रकाश पौडेल - नेपाली कमरेड

डुबानले तराइ डुब्दा मधेस झरेर हप्तौ त्यहाका जनता लाई सेवा गर्ने, हावाहुरीले तराइ दुख्दा तत्काल पुगेर हप्तौ सम्म स्वयंसेवक बनेर काम गर्ने, बाढी पहिरो र नागरिकलाइ बिपत्ति हुदा ज्यान हत्केलामा राखेर आफ्नो टिम को अगुवाइ गरि फिल्डमा पुगेर काम गर्ने, कोरोनाको जोखिमले अस्पतालहरुमा बेड नहुदा रातभर नसुतेर अस्पताल ब्यबस्थापनमा खटने, आदि र यस्ता कुरा सबै लेख्ने हो भने कति हो कति छन्। सेवामा दृढता का साथ उभिने कोमल मनका अनि मुद्दा अनुसार चट्टान बनेर उभिने प्रकासका अनेक रुप छन। 

सङठनमा सङघर्ष 

स्कुले जीवनमा नै अखिलको जिल्ला कमिटीमा प्रबेश गरिसकेकोले प्रकाशको पार्टिमा परिचय बनिसकेको थियो। कलामा पोख्त थिए त्यसैले २०६४ को निर्बाचनमा जिल्लाभर कलाकार को रुपमा उनले भुमिका खेलेर आफ्नो बलियो स्थान बनाइसकेका थिए। शब्द शब्दमा उर्जा देखिने प्रकाशका गीतहरुले बस्ति हरुका आवाज बोल्दथे र आवाजविहीनलाइ पनि आवाज उठाउन प्रोत्शाहन गर्दथे। कलिलो स्वरमा गाइएका क्रान्तीकारी शब्दहरुले बस्ति हरु नै भाबुक हुन्थे र जुझारु मुठी उठथे। ११/१२ कक्षा को जिवनमा प्रकाश अनेरास्ववियु को प्रभाबशाली जिल्ला स्तरको नेता बनिसकेका थिए। सङठनले दिएको जुनसुकै जिम्मेवारी फत्ते गर्ने बानिले उनलाइ रकेट लिडरको रुपमा उभ्याइरहेको थियो। सङठनमा सदस्य हरु थप गाउँ-गाँउमा सङठन बिस्तार गर्दा उनको पकड बनिरहेको थियो।

प्रकाश पौडेल - नेपाली कमरेड

स्कुले जिवनमै हुदा पोखरा महाधिवेशनमा पनि उनको प्रतिनिधित्व छनोट भएको थियो तर स्कुले परिक्षाले रोकिएका थिए। २०६६ सालमा जनपुरमा भएको पहिलो महाधिवेशनमा प्रकाश अनेरास्ववियु म्याग्दिमा निर्बाचन मार्फत प्रतिनिधि छनोट भएर जनकपुर लागे। त्यसपछि सङठनमा उनले थप कठोर समयको सामना गर्नुपर्यो। 

म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरुको नेतृत्व प्रकाश पौडेलले गरेका थिए। त्यस मध्य बाहिरका ट्युसन इन्सिच्युट बन्द गरेर कलेजमा सुलभ दरमा कोचिङ्ग पढाउने आन्दोलनले चर्को रुप लिएको थियो। प्राध्यापक हरु कलेजमा थुनिने परिस्थिति बनेको अवस्थामा बिद्यार्थीको माग र परिस्थिति अनुरुप क्याम्पस भित्रै सुलभ अतिरिक्त कक्षा संचाना गर्ने सम्झौता संगै त्यो आन्दोलन अन्त्य भएको थियो। त्यसैको जगमा आजपनि म्याग्दी क्याम्पसमा सहज र सुलभ अतिरिक्त कक्षा संचालन हुनेकुरा त्यहा अध्यनरत बिद्यार्थी ले जानाकारी दिए।

प्रकाश पौडेल - नेपाली कमरेड

१८ बर्षकै  हुदा उनले २०६९ सालमा अनेरास्ववियु को जिल्ला अध्यक्ष मा कडा टक्कर दिए भलै त्यो हलमा उनलाइ सदस्य पनि नराखी कमिटी बनाइयो। उग्र माहोललाइ शान्त बनाएर गाउँ गाउँ बाट आएका प्रतिनिधि लाई बिदाइको हात हल्लाएर अर्को अधिबेशनमा अध्यक्ष को उम्मेद्बारी घोषणा गरेर उनी आफ्नो बाटो लागे। सकृयताले निश्कृयतालाइ बिस्तापित गरेरै छोडछ भनेझै २०७१ सालमा अनेरास्ववियु को जिल्ला अध्यक्ष २० बर्षकै उमेरमा बनेर इतिहास रचेका प्रकाश सङठनलाइ कडा रुपमा चलायमान बनाउदै देशकै उत्कृष्ट कमिटी मध्य म्याग्दी लाई पुरस्कृत गराए । यी सब कुरालाई मानले नियाल्दै म चै मनमनै प्रकशको नेत्रित्वको प्रसंसक बनिरहेको थिए।

प्रकाश पौडेल - नेपाली कमरेड

२०७२ मा भएको अखिल महाधिवेशन झनै कडा रह्यो। प्रकाशले अनेक षड्यन्त्रका बिचबाट केन्द्रिय सदस्य निर्बाचित भए। प्रकाश लाई मत नदिन केही प्रतिनिधि लाई लाखौ रुपियाको अफर गरेको कुरा म्याग्दिमा त्योबेला चर्चित थियो। सङठनको जिवनमा आफ्ना प्रतिस्पर्धामा रहेका धेरैलाइ सम्झाएर अनि कतिपयलाइ जितेर प्रकाश आजको स्थान सम्म आएका हुन्।

प्रकाशको दृढ अटोठ कायम रहेमा गण्डकी प्रदेशको विद्यार्थी आन्दोलन नया उचाइमा पुग्ने कुरामा कुनै दुई मत छैन। 


Friday, September 17, 2021

कमरेड गोन्जालो र पेरूभियाली जनयुद्धका शिक्षा

September 17, 2021

कमरेड गोन्जालो र पेरूभियाली जनयुद्धका शिक्षा

विश्व–मानव जातिलाई प्रज्वलित गर्न सफल कम्युनिस्ट घोषणापत्र प्रक्षेपणको १३३ वर्ष, पेरिस कम्युनको ११० वर्ष, अक्टोबर क्रान्तिको ६४ वर्ष र चिनियाँ क्रान्तिको ३२ वर्षपछि कमरेड अभिमायल गुज्मान गोन्जालोको नेतृत्वमा सन् १९८१ मा पेरूमा जनयुद्धको थालनी भएको थियो । जीवनका ८६ वसन्तहरूमा आज कमरेड गोन्जालो २८ वर्षदेखि साम्राज्यवादीहरूको आजीवन काराबासमा सर्वहारा श्रमिक जनताका पक्षमा सङ्घर्षरत हुनुहुन्छ । पेरिस कम्युनले गलहत्याएको थियर, अक्टोबर क्रान्तिले बढारेको जार, चिनियाँ क्रान्तिले धुलो चटाएको च्याङकाइसेकलगायत शक्तिलाई लुकाएर साम्राज्यवादीहरू र तिनका पाल्तु कुकुर (दलाल) हरू कसैले क्रान्तिको झन्डा उठाएमा ‘गोन्जालो’ बनाइन्छ जस्ता शब्दाडम्बरले प्रलाप गरिरहेका छन् ।

सामाजिक साम्राज्यवादी र संशोधनवादीहरूको पराजयलाई समाजवाद–साम्यवादको असफलता एवम् अन्त्य देखाउने, बकबास गर्ने र ऐलान गर्ने साम्राज्यवादी (संशोधनवादी) हरूको हल्ला हावामा उड्दैछ । पूर्वी युरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा समाजवादमा संशोधनवादीहरू हाबी भए । साम्राज्यवादले हस्तक्षेप एवम् घुसपैठ गर्‍यो र प्रतिक्रान्ति भयो । अनि साम्राज्यवादका पाल्तुहरूले कथित प्रजातन्त्रको विजय र समाजवाद–साम्यवादको असफलता भएको होहल्ला मात्र होइन, ‘इतिहासको अन्त्य भयो‘, ‘विचारधारात्मक युगको अन्त्य भयो’ भनेर घोषणा गर्न थाले । उत्तरआधुनिकतावाद उत्तरसाम्राज्यवादले अघि सारेको यो दृष्टिकोण डानियल बेलबाट सुरु भएर र फुकुयामाको ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ भन्ने किताबले चर्चा कमायो ।

बर्लिन पर्खालभन्दा भयानक ढङ्गले जब ११ सेप्टेम्बरमा अमेरिकाका जुम्ल्याहा भवन ढले अनि त्यसले हावा खायो । प्रकृति विज्ञानमा आएको उथलपुथल र विज्ञान तथा सूचनाप्रविधिमा छाएको अभूतपूर्व क्रान्तिले मानव समाजमा पनि नवीन चेतनाको उजागर भइरहेको छ । कोरोना महामारीले पुँजीवाद (साम्राज्यवाद) को वास्तविक रूप र सार छर्लङ्ग भएको छ । ‘मानिसको विश्व–व्यापकताले व्यवहारमा प्रकृतिलाई उसको अजैविक हिस्सा बनाइदिन्छ’ (इकोनोमिक एन्ड फिलोसोफिकल म्यानुस्क्रिप्ट अफ १८४४) मा माक्र्सले भनेझैँ साम्राज्यवादीहरूले गरेको प्राकृतिक दोहन, प्रदूषण र विध्वंसले प्राकृतिक विपत्ति तथा मानवीय शोषण, उत्पीडन र विभेदले ठूलो सङ्कट पैदा गरिरहेको छ । विश्व–मानव जातिले नयाँ विकल्प खोजिरहेको छ– उत्तरसाम्राज्यवादको अन्त्य र वैज्ञानिक समाजवाद ।

आज हामी अक्टोबर क्रान्ति १०३ वर्ष, चिनियाँ क्रान्ति ७१ वर्ष र पेरिस कम्युन १४९ वर्षभन्दा नयाँ दुनियाँमा छौँ । विश्व–कम्युनिस्ट आन्दोलन (क्रान्ति–प्रतिक्रान्ति), समाजवादले खाएको धक्का, उत्तरसाम्राज्यवादी सङ्कट, नेपाली जनयुद्धको असफलता आदिको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व–दृष्टिकोणका आधारमा सकारात्मक एवम् नकारात्मक शिक्षाहरूको विश्लेषण र संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको नयाँ मार्गमा अघि बढिरहेका छौँ । कमरेड गोन्जालो मूलतः पेरूभियाली जनयुद्धको अध्ययन र केही शिक्षाका सम्बन्धमा यहाँ छोटो चर्चा गरिनेछ ।

१) कमरेड गोन्जालो

पेरू कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अध्यक्ष डा. अभिमायल गुज्मान रेनोसो (गोन्जालो) डिसेम्बर १९३४ मा एरक्वेपा, एन्डिज शृङ्खला, पेरूमा जन्मनुभएको हो । सन्त अगस्तिन विश्वविद्यालय एरक्वेपाबाट दर्शनशास्त्रमा सन् १९६१ मा उहाँले विद्यावारिधि गर्नुभएको हो । सन् १९६२–१९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरूमा उहाँले १२ वर्ष प्राध्यापन पनि गर्नुभयो । उहाँको फरवरी १९६४ मा अगस्टा ला टोरेसँग वैवाहिक सम्बन्ध कायम भयो तर २६ वर्षपछि सन् १९९० मा अगस्टा ला टोरेको मृत्यु भयो ।

सन् १९४५ मा भएको साम्राज्यवादी दोस्रो विश्वयुद्धमा फासिवादको पराजयको खुसीयालीमा पेरूका वामपन्थीहरूको आयोजनामा जुलुस निकालिएको थियो । कमरेड गोन्जालो पहिलोपटक त्यहीँबाट गिरफ्तार हुनुभयो । सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेडको सदस्यबाट उहाँको सङ्गठित राजनीतिक जीवन प्रारम्भ भयो । उहाँले सन् १९५२ मा पेकपाका संस्थापक होसे मारिएतेगका केही कविताहरूको क्वेचो भाषामा अनुवाद र सन् १९५३ मा कम्युनिस्ट स्टडी सर्कल, एरक्वेपाको स्थापना पनि गर्नुभयो ।

सन् १९५६ मा ‘विषालु हावाविरुद्ध जुधौँ’ भन्ने उद्घोष गर्दै पेकपाको तत्कालीन नेतृत्वको विरोधमा गोन्जालो खरो उत्रिनुभयो र एरक्वेपा विश्वविद्यालयको छात्र सङ्घको अध्यक्षमा पनि निर्वाचित हुनुभयो । उहाँले सन् १९६५ मा चीन भ्रमण गर्नुभयो । कमरेड गोन्जालो सन् १९६६ मा पेकपाको केन्द्रीय सदस्य, सन् १९६६ मा कम्युनिस्ट भएको आरोपमा पुनः गिरफ्तार तर विश्वविद्यालयमा विरोधपछि तीन दिनमा रिहा हुनुभयो । सन् १९७५ मा उहाँ पेकपाको अध्यक्ष बन्नुभयो । सन् १९८१ बाट जनयुद्धको प्रत्यक्ष नेतृत्व गर्नुभयो । सन् १९९२ मा उहाँ गिरफ्तार भएपछि विजयको सन्निकट पुगेको जनयुद्धले धक्का खायो ।

२) क्रान्तिकारी पार्टीको पुनर्निर्माण

क) पृष्ठभूमि

जोसे मारिएतेग पेकपाका संस्थापक हुनुहुन्थ्यो । उहाँले माक्र्सवादी–लेनिनवादी जगमा पार्टी खडा, स्पष्ट विचारधारात्मक अडान प्रदान र पार्टीलाई आम नीतिगत कार्यदिशा प्रदान गर्नुभएको थियो । उहाँले जन्माएको महान् माक्र्सवादी पार्टीलाई दरिलो तुल्याउन, विकसित गर्न र आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्न समयको खाँचो पर्दथ्यो । मारिएतेग संशोधनवादविरोधी हुनुहुन्थ्यो । उहाँको सङ्घर्ष संसदीय जीर्णवादका विरुद्ध थियो । मारिएतेगले भन्नुभएको थियो, ‘हिंसाद्वारा नै सत्तामाथि विजय प्राप्त गर्न सकिन्छ र अधिनायकतन्त्रद्वारा नै यसको प्रतिरक्षा गर्न सकिन्छ । संसद्मा जस्तोसुकै बहुमत किन नहोस्, त्यसले केवल मन्त्रिमण्डललाई खारेज गर्न सक्छ तर बुर्जुवा वर्गलाई भने कदापि खारेज गर्न सक्दैन ।’ तथाकथित नववामपन्थ मारान्तेस, अर्कोस्ता (१९४५), हाया दे ला तोरे (कोमिङ्ताङजस्तै संयुक्त मोर्चा) यी सबैमा बदनामी, बर्बादी र पाखण्डपूर्ण कपट थिए । देल प्रादोको संशोधनवादी गुटलाई बढार्न र निष्कासन पारदेजको समूह जसले पार्टीभित्र अर्को पार्टीको रूप धारण गरेका थिए । पात्रिया रोजाको तथाकथित चिङकाङ समूह र बोल्सेबिक समूह पनि थिए । आयाकुचो केन्द्र भएको क्रान्तिकारी समूह थियो । सन् १९७५ मा ‘मारिएतेगको बाटो फेरि समातौँ र उहाँको पार्टीको पुनर्निर्माण गरौँ’ भन्ने पुस्तिका प्रकाशित भयो ।

ख) संशोधनवादविरुद्ध निर्मम सङ्घर्ष

संशोधनवादबिरोधी सङ्घर्षको अवधि साठीको दशकको आरम्भदेखि नै बढी स्पष्ट र गहन रूपले क्रमशः विकास भयो । यस प्रक्रियाले पार्टीका सदस्यहरूलाई संशोधनवादी नेतृत्वविरुद्ध एकताबद्ध हुने र तिनलाई निष्कासन गर्ने दिशातर्फ सन् १९६४ को चौथो सम्मेलनले डोर्यायो । सन् १९६५ को पाँचौँ सम्मेलनको कार्यदिशामा क्रान्तिका तीन साधनसम्बन्धी समस्याको सामना गर्नुपरेको थियो । पात्रिया रोजा दक्षिणपन्थी अवसरवादी थिए । उनले माओवादको अस्वीकार, क्रान्तिको अस्वीकार गरेका थिए । पारदेजको समूहले पार्टी पुनर्निर्माणको अस्वीकार गरेर अन्तत्यमा स्वघोषित बोल्सेबिक र क्रान्तिकारी कहलाएको थियो ।

पार्टी इतिहासका तीन भाग समकालीन समाजका तीन क्षेत्रसँग परस्पर सम्बन्धित छन्— पहिलो, पार्टीको संविधान– जोसे कार्लोस मारिएतेगको कार्यदिशाको विपरीत तथाकथित राष्ट्रिय एकताको कार्यदिशा अङ्कित भएको विधानको अनुमोदन भयो । त्यसपछि दोस्रो, पार्टीको पुनर्निर्माण र तेस्रो, जनयुद्धको नेतृत्व (सन् १९८१) हुन् । पेकपाले हासिल गरेका शिक्षाहरू छन् । पार्टी एकताको आधारको महत्व र दुई लाइन सङ्घर्षसित पार्टीको सम्बन्ध र यसका पनि तीन तत्व छन्— पहिलो, मालेमावाद–गोन्जालो विचारधारा, दोस्रो, कार्यक्रम र तेस्रो, आम नीतिगत कार्यदिशा । क्रान्तिकारी पार्टी पुनर्निर्माण प्रक्रिया र सङ्घर्ष सन् १९७८–१९७९ सम्म चल्यो ।

ग) दुई लाइन सङ्घर्षको मान्यता

‘दुई लाइन सङ्घर्षबेगर पार्टी एकताको आधार नै हुन सक्दैन । पार्टीभित्र दुई लाइनबीचको दृढ र बुद्धिमतापूर्ण सङ्घर्षबेगर विचारधारालाई दृढतासाथ ग्रहण गर्न, कार्यक्रम वा आमनीतिगत कार्यदिशालाई स्थापित गर्न, तिनको रक्षा गर्न, लागू गर्न र विकसित गर्दै लैजान असम्भव हुन्छ । यो आधारभूत कुरा हो र अन्तरविरोधको नियमको विश्वव्यापी चरित्रअनुसार पार्टी एक अन्तरविरोधका रूपमा रहन्छ’ भन्ने गोन्जालोको ठम्याइ छ ।

घ) आरोप र प्रतिवाद

साम्राज्यवादीहरूले पागल, धर्मान्ध, रक्तपिपासु, पोलपोटवादी, जडसूत्रवादी, साम्प्रदायिक र लागूपदार्थमुखीजस्ता आरोपहरू पेकपामाथि लगाएका थिए । गोन्जालोले ‘यो त रतन्धाको अड्कलबाजी, कोरा प्रतिलिपि र शाब्दिक नक्कलबाजी आरोप हो’ भनेर कडा प्रतिवाद गर्नुभएको थियो ।

ङ) कम्युनिस्ट पार्टी

गोन्जालोले पार्टी खुला जनपार्टी (Mass party) होइन, तर यो जनचरित्रयुक्तचाहिँ हो । ‘आफ्ना असल तत्व भएका मानिसहरूको सङ्गठन हो’ भन्ने स्टालिनको भनाइलाई जोड दिनुभएको छ । उहाँले ‘यो जनचरित्रयुक्त हुन्छ किनभने यो छानिएका, अति उत्तम र प्रमाणित भएका मानिसहरूको सङ्गठन हो । यो अजङ्गको जनसमूहको अनुपातमा सङ्ख्यात्मक रूपले सानो हुन्छ । यो पार्टीले सर्वहारा वर्गको हितको रक्षा, प्रतिनिधित्व र मुक्तिको दायित्व वहन गर्दछ जुन साम्यवादमा प्राप्त हुनेछ । क्रान्तिमा जनताको अङ्गका रूपमा अरु वर्गहरूको पनि कार्य गर्ने भएकाले बाँकी उत्पीडित वर्गहरूलाई मुक्त गरेर मात्र आफूलाई मुक्त गर्न सक्छ । पार्टी सङ्गठनहरूको प्रणाली हो । यो आफ्ना शक्तिहरूको भरोसामा चल्दछ । १५ करोड जनतामा बोल्सेबिक ८० हजार थिए’ भनेर ठोस उदाहरण दिनुभएको छ ।

च) पार्टीलाई भरथेग गर्ने मित्र शक्तिहरू

गरिब, किसान, बौद्धिक समुदाय, निम्नपुँजीपति वर्ग, अघि बढेका मानिसहरू, क्रान्तिकारी र आमूल परिवर्तन चाहने मानिसहरू (किसान र मजदुर) हुन् । स्वनिर्णय, स्वाधीनता, सामञ्जस्य र स्वभरोशा हो । अन्तर्राष्ट्रिय सर्वहारा वर्ग, उत्पीडित राष्ट्र, विश्वका जनता, दृढ र बफादार पार्टी सङ्गठनहरू अन्तर्राष्ट्रियतावादको ठोस पहिलो सहयोग हो । यो पहिलो महान् सहयोग नै आफ्नोे सङ्घर्ष हो ।

३) विचारधारात्मक विकास

प्रथम महाधिवेशनले पार्टी र जनयुद्धलाई जन्माएको र जसले लामो बाटोको मूल्याङ्कन, पार्टीको एकताको आधार स्थापित, विचारधारा मालेमावाद र गोन्जालो विचारधारा, कार्यक्रम तथा आमराजनीतिक कार्यदिशा दृष्टिक्षितिजभित्र रहेको सत्तामाथि विजय प्राप्त गर्ने दिशानिर्देश गरेको थियो । गोन्जालोले माओवादबारे ‘माक्र्सवाद भनेको विकासको प्रक्रिया हो । द्वन्द्वात्मक एकता हो जसले ठूल्ठूलो फड्को मार्छ र यी नै त्यस्ता तत्वहरू हुन् जसले चरणहरू पैदा गर्दछन्’ भन्नुभयो । माक्र्सवादका तीन एकीकृत अङ्गहरूको विकास– दर्शनमा केन्द्रीय रूपले अन्तर्विरोधको नियम आधारभूत, राजनीतिक अर्थशास्त्रमा, नोकरशाही पुँजीवाद र समाजवादको राजनीतिक अर्थतन्त्रको विकास र वैज्ञानिक समाजवादमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको विकसित सैनिक सिद्धान्त जनयुद्धको प्रयोग र विकास ।

‘गोन्जालो विचारधारा– मालेमावाद लागू गर्ने क्रमको उपज र जनयुद्धको विकासक्रममा एक फड्को हो । सारभूत रूपमा गोन्जालो विचार भनेको केवल हाम्रो देशको क्रान्तिका लागि प्रमुख कुरा हो । विशिष्ट रूपले हाम्रो दृष्टिमा विचारधारालाई विश्वव्यापी सन्दर्भमा माओवाद प्रमुख कुरा हो’ भन्नुभयो । उहाँले संशोधनवादलाई पुरानो, नयाँ र समकालीनमा विभाजन गरेर त्यसका विरुद्ध निर्मम सङ्घर्ष गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘जुन कुरा सच्चा रूपले माक्र्सवादी छ र जेले क्रान्तिको सेवा गर्दछ तिनका विरुद्ध सोभियत संशोधनवाद एक हजार एक उपायबाट जुध्ने गर्दछ । हामीले संशोधनवादविरुद्ध विचारधारात्मक, आर्थिक र राजनीतिक सबै स्तरबाट अथक र निर्मम रूपले कर्तव्यनिष्ट भएर जुध्नुपर्छ ।’

नेतृत्वबारे गोन्जालो भन्नुहुन्छ, ‘ऐतिहासिक आवश्यकता र संयोगद्वारा हाम्रो पार्टीमा, क्रान्तिमा र जनयुद्धमा पनि सर्वहारा वर्गले नेताहरूको एक समूह जन्माएको छ । नेताहरू र एउटा नेतालाई जन्म दिन त आवश्यकता नै हो तर विशिष्ट रूपमा उनीहरू को होलान् भन्ने कुराचाहिँ संयोगद्वारा निर्धारित हुन्छ । अर्को शब्दमा कुनै निश्चित स्थान र कालमा ठोस रूप ग्रहण गर्ने विशिष्ट परिस्थितिहरूको शृ्खलाद्वारा नै निर्धारित हुन्छ । यसप्रकार हाम्रो मामिलामा पनि एउटा नेतृत्वको जन्म भएको छ । सन् १९७९ को विस्तारित सम्मेलनमा यसलाई पार्टीमा स्वीकार गरियो । नेतृत्व विकासको स्तर जुनसुकै होस्, विचारको जगमा जीवित नरहेको नेतृत्व हुनै सक्दैन । जो प्रवक्ता हो उही पार्टी र क्रान्तिको नेता बनेको छ ।

यो ऐतिहासिक आवश्यकता र संयोगसँग, स्पष्टतः गोन्जालो विचारसँग सम्बन्ध छ । हामीमध्ये प्रत्येकलाई क्रान्तिले के बनाउँछ भन्ने थाहा हुँदैन । विशिष्ट रूप दिने र जिम्मेवारी बहन गर्ने हो । निर्देशक आङ्गिक पद हो, नेता र नेतृत्व लामो समयको सङ्घर्षद्वारा आर्जित र प्रमाणित पार्टीको क्रान्तिकारी प्राधिकार हो ।’

संशोधनवादीहरूले व्यक्तिपूजाको आरोप लगाए । त्यसका विरुद्ध उहाँ भन्नुहुन्छ, ‘यो एउटा बहाना हो । सर्वहारा वर्गको अधिनायकत्वविरोधी, यो संशोधनवादी विचार हो र नेतृत्वविरुद्ध बन्चरो गिँड्ने दाउ हो ।’

४) सैनिक सिद्धान्त र जनयुद्धको विकास

क) तात्कालीन परिस्थिति

पेरूमा राजनीतिक रूपले– अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नोकरशाही पुँजीवाद, दोस्रो विश्वयुद्धपछि नोकरशाही पुँजीवादी सङ्कट र साम्राज्यवादी प्रभुत्व थियो भने अन्तर्राष्ट्रिय रूपमा उत्पीडित राष्ट्र र साम्राज्यवादी महाशक्तिबीच, सर्वहारा वर्ग र पुँजीपति वर्गबीच र अन्तरसाम्राज्यवादी शक्तिबीच अन्तरविरोध विद्यमान थियो ।

ख) जनयुद्धको महत्व

यससम्बन्धमा गोन्जालो भन्नुहुन्छ, ‘क्रान्तिकारी हिंसा, हिंसा नै एक मात्र त्यस्तो साधन हो जसले देशलाई सेनाको सहाराले र जनयुद्धद्वारा मूलभूत अन्तरविरोध हल गर्ने अवसर दिन्छ । यो एक वर्गको स्थानमा अर्को वर्गलाई खडा गर्ने ।’ उहाँले कमरेड माओको ‘हिंसाबिना अपवाद एक विश्वव्यापी नियम हो’ र माक्र्सको ‘हिंसा भनेको इतिहासको सुडेनी हो’ भनाइद्वारा जनयुद्धको महत्व पुष्टि गर्नुभएको छ । युद्धका दुई पक्षहरूमा जोड दिँदै गोन्जालोले भन्नुभएको छ, ‘एउटा विनास र अर्को निर्माण । निर्माण प्रमुख हो । जुन बेलादेखि जनताले पुरानो व्यवस्थाको तख्ता पल्टाउनका लागि हतियार उठाउँछन् त्यस बेलादेखि नै प्रतिक्रियावादले त्यसलाई चकनाचुर पार्न, नष्ट गर्न र सखाप पार्न खोजिहाल्छ र आमहत्यालगायत आफ्नो हातमा उपलब्ध सारा साधनहरूको प्रयोग गर्दछ । शत्रु सेनालाई ध्वस्त पार्नु र आफ्नो सेनाको रक्षा गर्नु हाम्रो सिद्धान्त हो । शत्रुलाई सखाप पार्न, आफ्नोे फौजको रक्षा गर्न र विकसित तुल्याउन हामीले युद्धको मूल्य चुकाउनु पर्नेछ । सबै क्रान्तिकारी आन्दोलनलाई आत्कवादको बिल्ला लगाएको साम्राज्यवादले र खास गरेर रेगनले नै हो ।’

लेनिनलाई उद्धृत गर्दै गोन्जालो अझै जोड दिनुहुन्छ, ‘जनक्रान्तिका सूत्रपातकर्ता अमर रहून् । यो कुनै घृणित व्यक्तिविरुद्धको षड्यन्त्र र प्रतिशोधपूर्ण कार्य होइन । यो आशाहीनताबाट उब्जेको उपाय र आत्कित तुल्याउने सोझो कार्य होइन । यो त थालनी हो । यो राम्रोसँग सोचिएको, तयारी गरिएको र सैन्य शक्तिको परस्पर सम्बन्धको दृष्टिबाट आँकिएको कुरा हो । यो त क्रान्तिकारी सेनाका डफ्फाहरूको कारबाहीको थालनी हो । अब बम फाल्ने व्यक्तिको हतियार बन्न छोडेर जनताको सामरिक सामग्रीको आवश्यक तत्व हो । समय फेरिएको छ । बम त वर्ग र जनताको लड्ने हतियार बन्न गएको छ । यो त अब कुनै षड्यन्त्र र एक्लो वैयक्तिक कार्य नभएर योजनासहितको, प्रणालीसहितको र सेनासहितको पार्टीको कार्य बन्न गएको छ ।’

प्रतिक्रियावादी तथा संशोधनवादीहरूको आरोपको खण्डन गर्दै उहाँले धज्जी उडाउनुभएको छ, ‘देल प्रादोजस्ता प्रतिक्रियावादी आफ्ना पाउमुनिको धर्ती कामेकाले गर्दा घोर निराशासाथ स्थितिलाई हेर्ने गर्दछन् । तिनीहरू जनयुद्धलाई ढाकछोप गर्ने दाउले आत्कवादको आरोप लगाउँछन् ।’

‘कुनै पनि कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यभार वर्ग र जनताको सत्तामाथि विजय प्राप्त गर्नु हो । पार्टी निर्माण र ठोस परिस्थितिको विश्लेषण गरिसकेपछि यसले विजयको कार्यभार पूरा गर्ने प्रयास गर्नुपर्छ’, उहाँले भन्नुभएको छ ।

ग) जनयुद्धले पार्टीमा गरेका परिवर्तनहरू

मालेमावादलाई बुझ्न र लागू गर्न, पार्टीको सैनिकीकरण, पार्टीको केन्द्रीकरण, जनछापामार सेनाको निर्माण र विकास । जनसेनामा तीन प्रकारका शक्तिको निर्माण– प्रमुख शक्ति, स्थानीय शक्ति र आधार शक्ति ।

घ) जनताको प्रतिरक्षार्थ क्रान्तिकारी मोर्चाको गठन

ग्रामीण क्षेत्रमा जनप्रतिरक्षार्थ क्रान्तिकारी मोर्चाको गठन गरियो । यसलाई जनसमितिका रूपमा, एक ठोस सत्ताका रूपमा साकार रूप दिइयो । एक क्षेत्रका यी जनसमितिहरू मिलेर एउटा आधारइलाका निर्माण र यी सारा आधारइलाकाहरूलाई एकमुष्ठ रूपमा नौलो जनवाद निर्माणरत जनगणतन्त्रमा विकास गरियो । जनप्रतिरक्षाका लागि सञ्चालन गरिने क्रान्तिकारी आन्दोलनद्वारा सहर समिति गठन र स्थापित गरिए । यसले पनि सहरमा जनयुद्ध लड्न, शक्ति जम्मा पार्न, प्रतिक्रियावादी व्यवस्थालाई अन्तरध्वंश गर्न र भोलिको विद्रोहका निम्ति वर्गहरूलाई एकीकृत गर्न ढोका खोल्नमा सघाउ पुर्याउने उद्देश्य ठोस गरिएको थियो । गोन्जालोले यसमा जोड दिँदै भन्नुभएको छ, ‘हामी सदासर्वदा सिद्धान्तहरू र हाम्रो यथार्थका ठोस परिस्थितिमा ध्यान दिने गर्दछौँ । ग्रामीण क्षेत्रमा नयाँ शक्तिको विकास गरेर क्रान्तिको अन्तिम भागमा सहरमा यसको विकास गरिनेछ ।’

ङ) पेरूको जनयुद्धका विशिष्टताहरू

सन् १९६८ मा जनयुद्धको रूपरेखा निर्धारण, ग्रामीण क्षेत्र र सहरमा सञ्चालन । ग्रामीण क्षेत्रको सङ्घर्ष प्रमुख र सहरलाई पूरक (१९७६) बनाइयो । जनयुद्धको थालनीमा प्रहरीसँग टक्कर, ग्रामीण क्षेत्रमा ठूलो सैन्य शक्तिलाई परास्त नगरेर नै नयाँ सत्ताको स्थापना (सन् १९८२ मा सेना आयो) भयो । डफ्फाबाट प्लाटुन र छापामारहरूको व्यापक विस्तार, सैन्यीकृत पार्टीको निर्माण, स्वनिर्णय, स्वाधीनता, सामञ्जस्य र स्वभरोशामा जोड दिइयो । विचारधारात्मक रूपले मालेमावादप्रति समर्पित पार्टी, सेना र जनता मूल आधार रहनु ।

‘अपर्याप्त वर्गभेद, समाजवादी क्रान्ति वा क्रान्तिको नक्कल, राष्ट्रिय पुँजीपतिबेगर संयुक्त मोर्चा, आधारइलाका अनावश्यक र पार्टी निर्माण अनावश्यक ठान्ने’ प्रवृत्तिलाई गोन्जालाले क्युबावादका ५ चरित्रहरू बताउनुभएको छ । एन्डिज पर्वत–मेरुदण्डका रूपमा रहेको पहाडी क्षेत्र, उत्तर भूमध्ये रेखादेखि दक्षिण बोलिभिया– चिलीेसम्म, जङ्गल र समुद्रको उपल्लो भूभागमा आधारइलाका निर्माण गरियो । भिडन्तका दुई पक्ष थिए– कमजोर र अस्थायी रूपले बलियो । तीन अवधि– रणनीतिक प्रतिरक्षा, सन्तुलन र आक्रमण थिए । शत्रुबाट खोस्ने, उत्पादन गर्ने र किन्ने तीन तरिकाले हतियार प्राप्त गरियो ।

५) केही अनुकरणीय पक्ष

क) सबैको एउटै प्रतिज्ञा

पुरानो समाजसँग सम्बन्धविच्छेद गर्नु, क्रान्तिप्रति पूर्ण रूपले समर्पित हुनु, आफ्नो जीवनलाई आहुती दिन तयार हुनु र सबैले जनयुद्धको सूत्रपातकर्ता बन्ने दायित्वलाई शिरोपर गर्नु । ‘यसको साकार रूप कुनै व्यक्ति लडाकु बन्नुअघि वर्गसङ्घर्षका क्रममा भाबी लडाकुको स्वरूपमा ढालिँदै जाँदा सुरु हुन्छ । पार्टीले उसका गुण, अवस्था र कमीको समेत विश्लेषण गर्दछ । ऊ लायक ठहरिएमा लडाकुको दर्जा दिन्छ’ भनेर मर्मस्पर्शी ढ्गले गोन्जालोले स्पष्ट गर्नुभएको छ ।

ख) कम्युनिस्ट र साहसिक बनाउने प्रेरक तत्वहरू

गोन्जालोले ‘समाज, वर्गसङ्घर्ष, सर्वहारा वर्ग र पार्टीको विचारधाराले कम्युनिस्टलाई साहसिक बनाउँछ’ भन्नुभएको छ । उहाँले कम्युनिस्ट बन्नका लागि ‘पार्टीमा क्रमबद्ध विचारधारात्मक निर्माणको प्रक्रिया, पार्टीले कम्युनिस्ट बनाउँछ, युद्धद्वारा सबल लडाकुपन जसले युद्धको नेतृत्व गर्न पार्टीमा प्रवेश गर्छ ऊ सबल लडाकुका रूपमा विकसित हुन्छ । विचार, राजनीति र युद्धले दरिलो तुल्याउँछ । हाम्रो मस्तिष्कमा भएको लालदिशा जुन प्रमुख हो, त्यसको उल्टो दिशाका बीचमा सधैँ अन्तरविरोध हुने गर्छ । शतप्रतिशत कोही पनि हुँदैन । हाम्रो मस्तिष्कमा दुई लाइन सङ्घर्ष चलिरहन्छ’ पनि भन्नुभएको छ ।

ग) रूपान्तरणकारी अभियान

‘धर्म शोषणकारी सामाजिक वस्तुस्थितिको उपज हो । शोषणलाई बढारेर मिल्काउँदै जाँदा र नयाँ समाजको उदयसँगै यो स्वयम् लोप भएर जानेछ । यसले आफूलाई व्यवस्थाअनुकूल ढाल्छ । फेरि एकपटक नयाँ शोषकहरू र उत्पीडकहरूको सेवा गर्ने साधन बन्दछ । यो धर्मकारीको तहगत व्यवस्थासँग, पदसँग र धर्मतन्त्रसँग सम्बन्धित छ । यसले रोम युगमा नै आफूलाई सङ्गठित तुल्याउन र शक्तिशाली साधनमा फेर्न सिक्यो । सामन्तवादी र पुँजीवादी व्यवस्थाकालमा आफूलाई त्यसैअनुकूल ढाल्यो । तर प्रत्येक परिस्थितिमा यसले जनसङ्घर्षलाई दमन गर्यो र विचारधारात्मक रूपले एक प्रतिक्रियावादी ढाल बनेर उत्पीडकहरू र शोषकहरूको प्रतिरक्षा गर्यो । जनतामा धार्मिकता हुने गर्दछ । शोषण र उत्पीडन नष्ट र विलीन हुँदै जाँदा धर्म स्वयम् पनि विलीन हुनेछ । स्पष्ट, वैज्ञानिक र विश्व–रूपान्तरणकारी अन्तःस्करणको विकास नगरुन्जेलसम्म धार्मिक चेतनाको स्वतन्त्रतालाई मान्यता दिइनुपर्छ’ भनेर उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण प्रस्ट रूपले व्यक्त गर्नुभएको छ ।

घ) चुनौती र जैविक आशावाद

‘हामीजस्ता कम्युनिस्टहरू कोहीदेखि पनि डराउँदैनन् । पार्टीले हामीलाई खारेर मृत्युलाई हाँक दिनसक्ने र क्रान्तिले मागेको क्षणमा ज्यान अर्पण गर्नका लागि ज्यान हत्केलामा बोकेर हिँड्ने तुल्याइदिएको छ ।’ गोन्जालोमा ‘भावना र खिन्नताभन्दा बोध र सङ्कल्प, पाठ सिक्नु र असल पक्षहरूलाई लिएर काम गर्नु र साम्यवादले मानिसलाई एकीकृत तुल्याउँछ’ भन्ने क्रान्तिकारी जैविक आशावाद बलियो छ ।

ङ) नेतृत्वलाई खार्नु

‘नेतृत्व भनेको मूल कुरा हो । नेतृत्व हचुवा खालको हुनु हुँदैन । जनयुद्धको नेतृत्व बन्नसक्ने गरी खार्नका लागि लामो समय, कठोर प्रयास र उत्साहपूर्ण सङ्घर्षको खाँचो पर्दछ’, गोन्जालोले भन्नुभएको छ, ‘सत्ताको विजयलाई सुदृढ तुल्याउनु र प्रतिक्रियावादीहरूको भन्दा श्रेष्ठ खालका सत्ता संयन्त्रहरूको निर्माण गर्नु ।’

च) सर्वहारा अन्तर्राष्ट्रवाद

अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एक अङ्गको रूपमा सदासर्वदा आफ्नो ढोका खुला राख्नु, क्रान्तिलाई सदासर्वदा विश्वक्रान्तिको अङ्गका रूपमा ग्रहण गर्नु र पार्टीले विश्वक्रान्तिको सेवा गर्नका निमित्त जनयुद्धको विकास गर्नु ।

अन्त्यमा

साम्राज्यवादी प्रतिविद्रोह, प्रतिदीर्घकालीन जनयुद्ध र कम घनत्वको युद्धरणनीतिको धरापमा परेको पेरूको जनयुद्धले विश्वका सबै क्रान्तिकारीहरूलाई महत्वपूर्ण शिक्षा दिएको छ । उत्तरसाम्राज्यवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सामारिक (सैन्य), प्राविधिकलगायत विशेषताहरूविरुद्धको सङ्घर्ष (प्रतिरोध) र विजय एकीकृत जनक्रान्तिको कार्यदिशा र वर्तमान सबै सङ्कटको समाधान वैज्ञानिक समाजवाद–साम्यवाद नै हो । कमरेड गोन्जालो लालसलाम !