Navin

एन्टीबायोटिक्स रेसिस्ट्यान्स सप्ताह मनाइयो




एन्टीबायोटिक्स रेसिस्ट्यान्स सप्ताहका अवसरमा धरानमा विभिन्न किसिमका चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल (पीएस्आरएन्)को विद्यार्थी शाखा धरानले विभिन्न कार्यक्रम गरी मनाएको हो । सप्ताह अन्त्यको अवसरमा शनिबार चिकित्सक तथा विद्यार्थीसहित निस्केको र्‍यालीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मूलगेटबाट भानुचोक, छाताचोक हुँदै बजार परिक्रमा गरेको थियो । र्‍यालीमा ‘एन्टीबायोटिकको समुचित प्रयोग गरौँ’ भन्ने सन्देश लेखिएका पर्चा बाडिएको थियो । एन्टीबायोटिक्स लेख्ने डाक्टर र एन्टीबायोटिक्स खाने वा लगाउने बिरामी मात्रैको सरोकार नभएर प्रचलित एन्टीबायोटिक्सले काम नगर्ने किटाणुको संक्रमण बढ्दै गएकोले जनचेतनामुलक कार्यक्रम गरिएको प्रतिष्ठानका बालरोग विभागका उपप्राध्यापक डा. दिनेश धरेलले बताए । उनले एन्टीबायोटिक्स सबैभन्दा बढी सिफारिस गरिने औषधिमा पर्ने र सिफारीस गरीएका मध्ये पचास प्रतिशत एन्टीबायोटिक्सको प्रयोग अनावश्यक भएको दावी गरे । एन्टीबायोटिक्सको सही प्रयोगले ब्याक्टेरिया जातको किटाणुलाई मार्ने वा वृद्धि हुन नदिने काम गर्ने डा. धरेलको भनाई छ । तर, भाइरसले गर्ने संक्रमणमा एन्टीबायोटिक्सले कुनै काम नगर्ने उनले बताए । त्यसैगरी, सप्ताहका अवसरमा यस विषयमा काम गर्दै आएका गार्प नेपाल, नेपाल जनस्वास्थ्य प्रतिस्ठान लगायत संस्थाहरुको सहयोगमा सुनसरीका विभिन्न विद्यालयहरुमा र वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अस्पतालहरुमा सचेतनामुलक कार्यक्रम गरिएको थियो । सचेतनामुलक कार्यक्रमले भयाबह रुपमा बढिरहेको एन्टीबायोटिक्सले काम गर्न छोड्दै गएको समस्याको कारण र समाधानका उपायबारे जनचेतना जगाउन ठूलो सहयोग गरेकोे पीएस्आरएन् विद्यार्थी शाखा धरानका अध्यक्ष बम बहादुर कुँवरले बताए ।


Subscribe to this Blog via Email :