Navin

मेची पुलः सरकारी ढिलासुस्तीको अनुपम नमूना

झापाको भद्रपुर स्थित मेची नदी माथिको निर्माणाधीन पुल । भद्रपुर र भारतको बङ्गाल तथा गलगलियालार्इ जोड्ने उक्त पुल यहाँका जनताका लागि निकै महत्वका साथ हेरिएको छ र यस ठाउँको अार्थिक एवं व्यापारिक अवस्था उकास्न निकै मलजल पुग्ने विश्वास राखिएको छ । ३ वर्षमा बनाइसक्ने लक्षका साथ सुरू भएको उक्त पुल निर्माण कार्य सरकारी ढिलासुस्तीका कारण ७ वर्ष भन्दा बढी समय भइसक्दा पनि अझै पूर्ण रूपमा निर्माण हुनसकेको छैन ।  हुन त ५२ वर्ष पहिले नै यो पुल निर्माणको घोषणा गरिएको थियो  भने पुलको ३ चोटिसम्म शिलान्यस भैसेको छ । 


Navin

गर्मीको प्रचण्डताः तरभूजाको व्यापार

गर्मी माैसम बढे सँगै तराइका जिल्लाहरूमा तरभूजाको खफत ह्वात्तै बढेको छ । (तस्बिरः  भद्रपुर, झापा)


Suresh Dahal

अलविदा CNS & MSK : एक प्रेम कविता

(म बिगत ६ महिना देखि CNS & MSK सङ्ग प्रेम सम्बन्धमा थिएँ । केहि दिनदेखि उनी मेरो जिन्दगीदेखि टाढा भएको  बियोगमा मैले यस प्रेम पत्र लेखेको हुँ ।)
तिमीलाई याद छ प्रिय ,
सुरुवाती दिनहरुमा
तिम्रो सर्लक्क परेको ”Spinal Cord”
देखेरै त हो म फिदा भा’को
आहा……..
त्यसबाट निस्केका नशाले
मलाई टुच्च टुच्च Reflex  झड्का दिदा
म मुर्ख चहिँ भने
“मायाको झड्का” भन्दै मख्ख परिरहेँ ।
तर मलाई के थाहा !
मैले यहाँ मायाको जाल बुन्दै गर्दा
तिमिले भने , निर्मोहि
Ascending र Descending Tract को जालो तुन्दै रहिछौ
त्यहि Tract को जालोमा जेलिएर होला
Result मा पनि कालो कालो आको मात्तै सपना देख्छु
अचेल प्रिय ।
तिम्रो “Tract” को Engineer  त
लास्टै झुर रैच नी मोरी ,
छालाको खबर गिदिसम्म पुग्ने
बेग्लै बाटो
गिदिको हुलाक छालासम्म आउने
फेरी बेग्लै बाटो
हैन…….Engineer कस्तो लाटो
सुरुमै २ लेनको एउटै बाटो
बनाएको भए यसको साटो
यत्रो बिघ्न तनाव त हुने थिएन नि यार ।
बाटो पनि कहाँ सिधा छ र मोरी
गाँठिस बाउको अल्लारे छोराले
हाँकेको पल्सर , कहिले दायाँ कहिले बायाँ
जस्तै यो बाटो
कहिले दायाँ त कहिले बायाँ
दायाँ बायाँ गर्दै पुग्छ गिदीमा
र दायाँ र बायाँ गर्दै झर्छ
गिदिबाट तिम्रै Spinal Cord मा
अनि म बिचरा कहिले दायाँ त कहिले बायाँ हातले
टाउको कन्याउँछु नबुझेर
होस्टेल नै थर्काउँछु र
तनाव खन्याउँछु , नबुझेर
अनि तिम्रो मायाको दवाईको
साहारा लिन्छु , नबुझेर ।


तिम्रो गिदिले त
मेरै गिदी खाईसक्यो मोरी
सुनेको थिए ,
प्रेमको बाटो सजिलो त छैन
कहिले उतार त कहिले चढाव
कहिले डाडा त कहिले खाल्डो
तर प्रिय
तिम्रो गिदिमा कति धेरै हो
डाँडा (gyrus) र खाल्डो (sulcus)
डाँडै डाडा , खाल्डै खाल्डो उफ्….
र त  म २ महिना त
त्यहि खाल्डोमा हराएछु ।


दवाई त कति खाईयो खाईयो
निद्रा लाग्ने पनि खाईयो
निद्रा भाग्ने पनि खाईयो
मासु तन्काउने पनि खाईयो
मासु खुम्चाउने पनि खाईयो
डिप्रेसन देखि लिएर
अप्रेसन सम्म
छारेरोग देखि लिएर
झारे रोग सम्म
आमामा….. गाठेँ
दबाई त कति खाईयो खाईयो
तर धन्य,
धन्य रैछौ तिमी Na+ channel
र त सँधै तिमीलाई शहिद
बनाएर आउँछु , प्रत्येक दवाईको MOA मा
“blocks Na+ channel “लेखेर
तर प्रिय सिटामोल
तिमीले त खत्तम नै पार्यौ नि निष्ठुरी
पहिले पहिले उबेला ….मा
टाउको साह्रो भएदेखि ,
पेट गिलो भएसम्म
ज्वरो आएदेखि पिलो आएसम्म,
निर्धक्क भएर सिटामोल खाने मै हुँ
तर निष्ठुरी , यसैपाली परिक्षामा
“Acute paracetamol poisoning” को प्रश्नमा
१ पाना उत्तर लेखेर आएदेखि
तिमीलाई छुन पनि डर लाग्छ पियारी ।

( सङ्गैका यात्राको समय सानै भए पनि तिम्रो सम्झनाले मेरो Hippocampus को ठुलो क्षेत्रफलमा विस्तार भएको छ । फाइनल परिक्षामा भेट्ने बाचा सहित अलविदा CNS & MSK)
Navin

Photos

बाढीले बाैलाएको सर्दु खोला, धरान 
Amrit Jaishi

धुर्मुस भन्छन्, हामीले घर बनाउनभन्दा पनि मुसहरका मनमा ऊर्जा भर्न चाहेका हौं

एजेन्सी

गत वर्ष पहिलो एकीकृत नमुना बस्ती सकेपछिको कुरा हो, सरसफाइ सद्भावना दुत तोकिएका धुर्मुस–सुन्तली देश बढार्ने अभियानमा थिए। यसरी उनीहरु तराई–मधेसका थुप्रै जिल्लाका सरकारी कार्यालयका शौचालयदेखि सडकसम्म बढार्दै हिँडेका थिए। मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई छिचोल्दै उनीहरु पहाड हुँदै तराईका बिभिन्न जिल्ला पुगे। पहाड–मधेसबीच केही खटपटजस्तो सुनिएको बेला मधेसमा आन्दोलनतरत मोर्चाका दलहरुले समेत उनीहरुको अभियानलाई सघाए।
यसैक्रममा महोत्तरी आइपुगेका बेला पत्रकार, सरकारी कर्मचारीसँग सरसफाईबारे अन्तक्र्रिया गर्दै गर्दा एक पत्रकारले भनेछन्, ‘एउटा मुसहर बस्ती छ, त्यहाँ तपाईं एकपल्ट पुगिदिनुहुन्छ कि?’
धुर्मुसले चासो देखाए। वस्तुस्थिति बुझिसकेपछि मुसहर बस्ती पुगे। ‘जाडोको महिना न खानेकुरा न न्यानो हुनेगरी ओढ्न पुग्ने कपडा,’ धुर्मुसले त्यतिबेलाको मुसहर बस्तीको तस्बिर सम्झिए, ‘जताततै फोहोर। बालविवाहका कारण पढ्ने महिला थिएनन्। नजिकै स्कुल हुँदा पनि कोही स्कुल जाँदैनथ्यो। मन्जे सदा नामका एक किशोर मात्र एसएलसी पास थिए।’
बढ्दो चिसोको मौसममा ज्यानभरी नच्यातिएको लुगा लगाएको बालक देख्न मुस्किल परेपछि धुर्मुसको दिमागमा काठमाडौंमा छोडेर आएकी सानी छोरीको अनुहार खिचियो। उनले आफ्नी छोरी र मुसहर बालबालिकालाई तुलना गरे। सोचे, यिनीहरुले एक जोर लुगा र ओढ्ने पाए कति खुसी हुँदा हुन्?
अमेरिका बस्ने एक सहयोगीलाई त्यो कुरा सुनाएपछि तुरुन्तै पाँच लाख दिन तयार भए। केही दिनमै दुई गाडीभरी दालचामल र लत्ताकपडा बोकेर बस्ती पुगे। एसएलसी पास गरेका एक मात्र मन्जे सदालाई प्रोत्साहनस्वरुप पाँच हजार पुरस्कार दिए। उनकै नेतृत्वमा बालक्लब गठन गरिदिए। 
त्यतिबेलैदेखि बस्तीमा सकारात्मक परिवर्तन आउन सुरु भएको उनको भनाइ छ। मन्जेले पुरस्कार पाएपछि बालबालिकालाई भेला गरेर ट्युसन पढाउन सुरु गरेछन्। नियमित सरसफाई र अनिवार्य स्कुल जानुपर्ने नियम बनाइएछ। धुर्मुसले त्यतिबेलै योजना बनाएका थिए, ‘सकियो भने यिनीहरुलाई एउटा राम्रो घरको व्यवस्था मिलाउन पर्ला।’
केही समयपछि धुर्मुस–सुन्तली सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकिकृत नमुना बस्ती बनाउन व्यस्त हुँदा पनि मुसहर बस्तीबारे चासो राख्न भने छोडेका थिएनन्। मुसहर बस्तीमा खानेपानीको व्यवस्था गर्न पनि उनीहरुले सघाएका थिए। सँगै, बालमैत्री अभियानका लागि फिल्म निर्माणको काम पनि गरिरहेका थिए। 
गिरानचौर बस्ती सकिएपछि बालमैत्री फिल्म ‘ज्योति’को प्रदर्शनका लागि बिभिन्न पहाडी जिल्ला चाहर्न थालेसँगै देशलाई बालमैत्री बनाउने अभियान थाले। तर, त्यो अहिले नै सम्भव हुने काम थिएन। धेरैको प्रश्न थियो, उनीहरुले तत्काल के गर्लान्?
यो कुरा धुर्मुसले पनि महसुस गरिसकेका थिए। अर्कोतिर, उनलाई ‘सामाजिक कामको नशा लागिसकेको’ थियो। ज्योति फिल्मको प्रदर्शनका लागि सिन्धुपाल्चोक पुग्दा धुर्मुसले मनमा आगामी योजनाबारे कुरा खेलाउँदै जाँदा एउटा सोच आयो, मुसहर बस्तीमा तेस्रो एकिकृत बस्ती बनाउने। सुन्तलीलाई सुनाए। 
मुसहर बस्तीमा एकिकृत बस्ती बनाउँदा मुख्य दुई फाइदा हुने उनको निष्कर्श थियो।
पहिलो, गरिब मुसहरको जीवनस्तर उकासिने।
दोस्रो, तराई र पहाडबीच बढेको दुरी मेट्न भूमिका खेल्न सक्ने।



‘हामीले सुरुमा यहाँ बस्ती बनाउने सोचेका थिएनौं,’ धुर्मुसले भने, ‘कसैले घर बनाइदिए हुने नि भन्ने लागेको थियो। मलाई यहाँ बस्ती बसाउन यसकारणले घच्घच्यायो, गिरानचौरमा बस्ती बनाउँदै गर्दा दाउरा बेचेर जम्मा पारेको ६० हजार बस्तीलाई सहयोग गर्छौं भन्नुभएको थियो। तर, हामीले लिन मानेनौं। त्यही बस्तीको विकासका लागि चलाउन भन्यौं। त्यस्तोबेला मिल्ने खुसी सायदै भेटिन्छ। त्यो खुसी सद्भावले दिएको थियो।’
अर्को कुरा,  उनीहरु जुन ठाउँमा बस्ती बनाउँदै छन्, धुर्मुस–सुन्तलीका लागि त्यो ठाउँ अघिल्ला बस्तीका मानिसहरुभन्दा फरक छन्। भूगोल, वर्ण, आर्थिक हैसियतजस्ता कुराले होइनन्। फरक यो छ, अघिल्ला बस्ती बनाएका ठाउँ काभ्रे र सिन्धुपाल्चोकमा धुर्मुस–सुन्तलीलाई नचिन्ने सायदै कोही थियो। त्यहाँका वासिन्दाले कुनै न कुनै माध्यमबाट धुर्मुस–सुन्तलीको कलाकारिताबाट हाँसोको फाइदा लिइसकेका थिए। तर, मुसहर बस्तीमा त उनीहरुलाई कसैले पनि चिन्थेनन्। धुर्मुस–सुन्तलीका लागि यो एउटा नयाँ अनुभव रहनेछ। 
धुर्मुस मुसहर बस्तीलाई सद्भावको बस्ती बनाउन चाहन्छन्। त्यसैले उनले अहिले भुइँचालो पीडित बस्तीभन्दा परको गाउँ रोज्नुको कारण यसो पनि रहेछ। 
‘हामीले बस्ती बनाउन लागेका होइनौं,’ धुर्मुस भन्छन्, ‘मलाई हाम्रो देशमा सद्भावको खाँचो छ जस्तो लाग्छ। सबैको मनमा ऊर्जा भर्न जरुरी छ। हामीले घर बनाउनभन्दा पनि मुसहरका मनमा ऊर्जा भर्न चाहेका हौं। हामीलाई लाग्छ, घर बनेसँगै बालविवाह रोकिनेछ। सबै बालबालिका नियमित स्कुल जान थाल्नेछन्। बस्ती सुन्दर घरले होइन, त्यहाँका वासिन्दाको जनजीवनमा आएको परिवर्तनले हुने हो। हामी घरसँग जनजीवन परिवर्तन गर्ने प्रयत्नमा छौं।’
भुइँचालोले घर लगेपछि करिब एक लाख भूकम्पपीडितको नाम सूचिमा समावेश छैन। उनीहरुको गुनासोलाई सरकारले सम्बोधन गर्न सकेको छैन भने नाम समावेश भएकाहरुले दोस्रो किस्ता अझै पाएका छैनन्। उता पुनर्निर्माणका लागि खटिएका इन्जिनियरहरुले हालै राजिनामा दिएका छन्। यस्तो अवस्थामा धुर्मुस–सुन्तलीले दुई÷दुईवटा एकिकृत बस्ती बसालेर नयाँ वर्षसम्म तेस्रो बस्ती हस्तान्तरण गर्ने सुर कसिसकेका छन्। 
त्यसैले त जम्मा दुई व्यक्तिसँग सरकारको तुलना गरिन्छ। जनताले नतिजा निकालिसकेका छन्, सरकार फेल, धुर्मुस–सुन्तली विशिष्ट श्रेणी।
यसो किन भएको?
सुरुमा त धुर्मुस हाँसे।
उनको अनुभव सुन्दा लाग्छ, धुर्मुससँग भएका केही मुख्य कुरा सरकारसँग छैन।
त्यो हो, सरकार पहिले घोषणा गर्छ, योजना बनेकै हुँदैन। धुर्मुस–सुन्तली पहिले योजना बनाउँछन्, त्यसपछि मात्र घोषणा गर्छन्। 
उनको अर्को अनुभवले भन्छ, सरकारी काममा ऊर्जाको अभाव छ।
‘हामी रकेटको गतिमा काम गर्न चाहन्छौं, सरकारी काम कछुवा गतिको छ,’ धुर्मुस भन्छन्, ‘दुइटा बस्ती बनाइसकेपछि हामीले पाएको अनुभव र आँटको भरोसा लिएर भन्न सक्छौं, हामीलाई देशभरकै भूकम्पपीडितको घर बनाउने जिम्मा दिइन्छ भने एक वर्षभित्रै पूरा गर्न सक्छौं। त्यो पनि जनताकै मेहनत र पैसाबाट। यहाँ, जनतालाई चाहिएको घर बनाउने पैसा होइन, घर बनाउन चाहिने ऊर्जा हो। देशमा यति धेरै सेना, प्रहरी र सशस्त्र प्रहरीको ठूलो शक्ति छ। त्यो शक्तिलाई लिएर काम गरे पुनर्निर्माण ठूलो कुरा होइन।’










Navin

Ayurved Magnificence



(Dr. Mrudula Sankaramanchi Dr. BRKR Govt Ayurveda college, Hyderabad)



Ayurved is as several times transliterated the science which deals with nothing but everything about life. It is very astonishing when one can peep into various horizons and areas of excellence in ayurved. I would say peep because, it is so much that great scholars right from the golden era of acharya charak have contributed enormously to the mankind that anything we do in relation to this becomes just as a stadium full of lights on before the sun. Ayurved as an independent entity was lead by people who had precision to say , whatever present in the samhita is found elsewhere and vice versa. The irony is to acknowledge that, the same predecessors were humble enough teaching the disciples of this science to respect and learn the then prevalent and flourishing sciences, so that the various specialities working hand in hand can establish health and happiness in the world.
Base of the five elements being an authentic support to the system, gives easier understanding of the other intertwined concepts. The concepts which are safely nurtured in the most suitable language Sanskrit, have several principles, few long and elaborate while others short and brief just like the fingers of the fist held together firm. Stronger the concepts are held, more the secrets  disclosed. Literature of ayurved highly respects the grammar and rules of Sanskrit that all the slokas when set to tune flow relentlessly like a well described song.
The similes, metaphors and the phonetic accuracy creates amusement to a reader who keeps good pace of the scribe. There are many contexts where the hazards prevalent in the present era have been foreseen. The present time definition of many prime terms go parallel and match with those given by the icons of ayurved. Taking treatment into consideration, curing aspect and  care providing aspect have been segregated, categorised and classified as per the need and necessity. Totipotency, infertility, sciatica are some of the many well defined and well addressed topics whose relevance holds good eternally.
Various zones of ayurved  provide solutions to round the clock  suffering of various chronic and acute manifestations. Taking entry into the various branches of ‘logy’ s of the counterpart, I reserve my statement when i have to say ayurved has a red carpet welcome to pour its ancient spark of wisdom into the area of healing be it physically, psychologically or even spiritually. As ayurved follows the birth after death concept, it strongly endorses the astral change over. Ayurved propagates the equality of what one possesses, with what one can see around in the universe, hence holding tight to the roots of 5 element theory.
The concepts intertwined have......... three humors namely vata pitta, kapha. There are 7 dhatus namely rasa(plasma),rakta(blood),mamsa(muscle),medo(adipose),asthi(skeletal),majja(marrow),sukra(reproductive). The excretory system has been segregated into sweda(sweat),mala(bowel),mutra(urine). There are other principles which define the process of nutrition, circulation and other essential activities in the human body. There is philosophy, pharmacology, alchemy, pathology and other branches embedded.

The simplicity of its existence is what makes it so huge that each simple formula when embodied gives fantabulous results.
Navin

DHARAN, A CITY OF EDUCATIONAL OPPORTUNITIES

(Sugat Adhikari)


In the recent decade, apart from the mesmerizing achievements in the field of transportation, communication, health status, entertainment and sports, Dharan has gone through remarkable advancements in the field of education as well.
Dharan has five public colleges and university (three under Tribhuwan University, one under  Nepal Sanskrit University and one with deemed university status B.P. Koirala Institute of Health Sciences ), it also has several private colleges with affiliation conferred by other national universities and more than 40 public and private secondary schools. It also has 9 private and 1 public library and 3 special education centres. It has more than 5 technical school affiliated to Council for Technical Education and Vocational Training (CTEVT). Among them, Public High School & Sharada Baalika Higher Secondary School are the most notable educational institution in the town of Dharan.
Dharan is the major centre in the field of Medical education. Nepal’s largest medical college, BPKIHS has been serving the nation since 1993 AD. Large numbers of Doctors, Nurses and other health related officials are produced annually. BPKIHS provides an enviable platform to the medical students from Nepal as well as other SAARC countries. It offers the programs of MBBS, BDS, BSc. Nursing, Bachelor in Nursing, BSc. MIT, BSc MLT. Similarly, several Masters Program and MD in various fields of medicine are part of curriculum of BPKIHS.
Mahendra Multiple College (MMC) (estd. 2012 B.S.) is one of the oldest public colleges which is home to thousands of students from all over Nepal offering courses in Bachelors (BA, BBS, LLB) and Masters Level (MA English, MBS, MA Nepali, MA Economics) and one year Bachelor of Education B.Ed. programs. Likewise, Central Campus of Technology is most commonly known as Hattisaar Campus,  which serves as a Science and Food Technology Campus. It offers Bachelors in Physics, Microbiology, Nutrition and Food Technology and, Masters in Food Technology as well as Microbiology. Throughout Nepal, Bachelors in Nutrition is studied only in Hattisaar Campus.
Dharan also produces a large numbers of Engineers. Purwanchal Engineering Campus,with its highly expert faculty has programs for B.E. in Civil Engineering, Electronics and Communication Engineering, Mechanical Engineering, Computer Engineering and Agriculture Engineering.
Despite this fact, in this  highly modernized world of 21st century, Dharan offers rare course of Sanskrit to the interested students. Pindeswor Vidyapeeth (affiliated to Nepal Sanskrit University) serves the nation in this regard. This has helped in maintenance as well as preservation of Nepali culture.
Above all, taking special concerns regarding the disabled children, Purwanchal Deaf School of Dharan has not only taken care of the education of the deaf children but has also paved the way for other major institutes to get involved in such humanitarian and indispensable task.

In a nutshell, it can be well understood that Dharan has been one of the most important decentralized cities, which has been providing immense opportunities to the Nepali students. Dharan has gloriously upgraded the career of thousands of Nepali students and will be serving the nation with more efficacy in the future.